२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

भदौ १ मा 'नम्बरी सुन'

काठमाडौँ — राजु  गिरीको निर्देशनमा बनेको फिल्म 'नम्बरी सुन' भदौ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । नयाँ वर्षको अवसरमा फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो । 

भदौ १ मा 'नम्बरी सुन'

पोस्टरमा फिल्मका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा देखिएका छन् । नारायण खातीको प्रस्तुति रहेको फिल्ममा उनी दुईसँगै सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीको अभिनय छ ।

सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा शिवम अधिकारीको पटकथा तथा संवाद,अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहनेछ ।

प्रकाशित : वैशाख १, २०८० १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?