कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओस्करमा अभिनेत्री फ्रान्सेस म्याकडोरमेन्डको 'ह्याट्रिक'

काठमाडौँ — अभिनेत्री फ्रान्सेस म्याकडोरमेन्डले 'नोम्याडल्यान्ड'बाट यो वर्ष ओस्करमा उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड उचालिन् । उनले ओस्करमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको यो तेस्रो पटक हो ।

ओस्करमा अभिनेत्री फ्रान्सेस म्याकडोरमेन्डको 'ह्याट्रिक'

यसअघि उनले सन् १९९७ मा 'फार्गो' र सन् २०१८ मा 'थ्री बिलबोर्डस एपिङ मिजोरी'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । अभिनेत्री क्याथ्रिन हेप्रनले यसअघि चारपटकसम्म यो विधामा अवार्ड पाएकी थिइन् ।

'नोम्याडल्यान्ड'मा म्याकडोरमेन्डले अमेरिकाको आर्थिक मन्दीमा सम्पूर्ण कुरा गुमाएकी ६० वर्षीया महिलाको भूमिका निभाएकी छिन् । यो वर्ष बाफ्टा र गोल्डेन ग्लोब (फिल्म ड्रामा)मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी उनले ओस्कारको यो विधामा भायोला डेभिस (मा रेनिज ब्ल्याक बटम), भेनेसा कर्बी (पिसेस अफ अ वुमन) र केरी मलिगन (प्रमिसिङ यङ वुमन) सँग प्रतिस्पर्धा गर्नुपर्‍यो ।

अवार्ड जितिसकेपछि म्याकडोरमेन्डले भनिन्,'म सँग कुनै शब्द छैन । मेरो आवाज तरबारमा छ । तरबार हाम्रो काम हो र मलाई काम मनपर्छ । यो थाहा पाउनु भएकोमा धन्यवाद ।'

सम्बन्धित समाचार

ओस्करमा 'नोम्याडल्यान्ड' ले जित्यो उत्कृष्ट चलचित्र, निर्देशक र अभिनेत्रीको अवार्ड

प्रकाशित : वैशाख १३, २०७८ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?