विवादित राजनीतिमा पनि साझा नेता
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
विधिशास्त्र, कानुन, संविधान निर्माण र संसद् सञ्चालनमा सुवास नेम्वाङजीको ठूलो योगदान छ । पदले मात्रै होइन, इच्छाशक्तिले संविधान जारी गर्न पनि उहाँको अथक योगदान छ । सुवासजी दुई संविधानसभाको अध्यक्ष हुनुभयो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![विवादित राजनीतिमा पनि साझा नेता](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/subash-nembang-1392023044744-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
प्रतिनिधिसभाको सभामुख हुनुभयो । कानुनको प्राध्यापक पनि हो, त्यसैले पनि संविधान र कानुनको सर्वोच्चताको क्षेत्रमा उहाँ जहिल्यै स्मरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँले लोकतन्त्र, संविधान निर्माण, कानुनको शासन, सुशासनका लागि जति योगदान दिनुभयो, त्यसभन्दा अझै माथिल्लो भूमिका निर्वाह गर्न बाँकी थियो । हामीले आशा गरेका थियौं, उहाँ अहिलेको भूमिकाभन्दा अझै माथिल्लो पदमा गएर कुनै समय ठूलो भूमिका निर्वाह गर्नुहुन्छ भन्ने विश्वास थियो ।
उहाँलाई अरू कुनै नेतासँग तुलना गरेर म हेर्न रुचाउन्नँ । संविधान निर्माणका बेलामा पनि म र उहाँका बीचमा सौहार्द वातावरण थियो । मिलेर काम गरेका थियौं । हामीबीच विवाद, अप्ठ्यारो, असहमति, झन्झट केही भएन । केही छलफल भए होलान्, त्यो बेग्लै कुरा हो । तर, संविधान निर्माणका बखतमा छलफल गर्ने, विवादित कुराहरू मिलाउने कुरामा हामीले मिलेरै काम गरेका थियौं ।
सुवासजी अहिलेको विभाजित राजनीतिमा पनि साझा नेता रहनुभएको छ । समन्वय गर्ने, सबै राजनीतिक दललाई मिलाउन सक्ने भूमिकाकै कारण लामो समय सभामुखजस्तो जिम्मेवारीमा रहनु भयो– त्यो पनि सर्वसम्मत रूपमा । काम गर्दा पनि जिम्मेवार बनेर प्रस्तुत हुने, शालीनतापूर्वक कुरा राख्ने गर्नुहुन्थ्यो । अरूले जस्तो पक्षधरता लिएर काम गर्नु हुन्थेन । बोल्दा पनि नम्र हुनुहुन्थ्यो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)