२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

डिजिटल प्लाटफर्मको अभाव 

विवेक राणा

काठमाडौँ — साइबर सुरक्षामा विकासोन्मुख देशको अवस्था हेर्ने हो भने नेपालको अवस्था निकै सुधार भएको छ । नेपाल साइबर सुरक्षाको तथ्यांकमा माथि गएको छ । तर, यहाँ साइबर आक्रमणको घटना भने बढिरहेको छ । दर्ता भएका घटनाहरुको मात्रै तथ्यांक हेर्दा यसको ग्राफ बढेको देखिन्छ । दर्ता नभएका घटनाहरुको त लेखाजोखा नै छैन । 

डिजिटल प्लाटफर्मको अभाव 

साइबर सुरक्षामा सबैभन्दा पहिला हेर्नुपर्ने विषयमा ‘हृयाकिङ’ आउँछ । नेपालको सन्दर्भमा कम्युटरमा मात्रै होइन सबै क्षेत्रमा हृयाकिङ भइरहेका छन् । शिक्षाको क्षेत्रमा हृयाकिङ छ, राजनीतिक तथा कानुनी क्षेत्रमा हृयाकिङ भइरहेको छ । भएको संयन्त्रलाई जानीजानी अल्मलाउने किसिमको कार्यलाई हृयाकिङ भनिन्छ । साक्षरता र जागरुकताको कुरालाई अंग्रेजीमा स्पष्ट उल्लेख गरिएको क्रमशः ‘साइबर लिट्रेस भर्सेस साइबर अवेरनेस’ । के नेपालमा साइबर सचेतना छ ? यससम्बन्धी धेरै कार्यक्रम भएका हुन्छन् । तर साइबर सचेतनाको तथ्यांक हेर्ने हो भने धेरै कम छ । ‘साइबर अवेर र साइबर लिट्रेट’ दुइटा फरक कुरा हुन् । साइबर अवेर हुनलाई नै साइबर लिट्रेट मान्न सकिँदैन । नेपालको साइबर सुरक्षाको विषयमा बैंकको बोर्ड मिटिङमा कति बहस भएको छ ? संसदमा साइबर सुरक्षाबारे कत्तिको बहस भएको छ ? यसले नै यहाँको साइबर लिट्रेसी जनाउँछ ।

नेपालमा हाल अनलाइनबाट कतिपय सार्वजनिक निकायले आवेदन लिने गरेका छन् । तर त्यसबाट सर्वसाधारणलाई सहजता भएको छैन । हातले फारम नै भरेर बुझाउँदाको जस्तै समस्या छ । अफ्रिकाका धेरै देशहरुमा जबरजस्ती गर्दा मानिसहरुले सिस्टम नै रिजेक्ट गरेको उदाहरण छ । अनलाइनमा डाटाको सुरक्षा हुँदैन भनेर सरकारको सिस्टम नै चलाउन छाडेर उनीहरुले अनलाइन सिस्टमलाई नै बेवास्ता गरेका थिए । नेपालमा जति डिजिटलको कुरा गरे पनि सिस्टम प्रयोगकर्ता मैत्री नभएका कारण सर्वसाधारणको विश्वास घट्दै छ । सिस्टम डाउनका समस्या पनि आउने गरेका छन् । हामीले सिस्टम डिजाइन गर्दा नै धेरै विषय बेवास्ता गरेका हुन्छौं । अरु राष्ट्रमा सिस्टम बनाउँदा ९ वर्षको लागि सोचेर बनाइन्छ तर नेपालमा भने १ वर्षको लागि । अनि एक वर्षपछि सिस्टममा समस्या देखिन थाल्छ ।

कतिपयलाई सिस्टम चलाउन नआएको खण्डमा सिकाउने काम पनि कम्पनीकै हुन्छ । जस्तै पासपोर्टसँग सम्बन्धित विषयमा राहदानी विभाग, कर सम्बन्धी विषयमा आन्तरिक राजस्व कार्यालय, कारोबारसम्बन्धी बैंक तथा भुक्तानी सेवा प्रदायक कम्पनीले नै कर्मचारीलाई सिकाउनुपर्छ । तर कतिपय ठाउँमा यस्ता जिम्मेवारीहरुमा आउटसोर्स गरिएको छ । हामीले आईटी नै डिजिटल हो भनेर सोच्ने गरेका छौं । तर यी फरक विषय हुन् । आईटीले बिजनेस समस्या समाधान गर्छ, डिजिटलले आईटीको समस्या समाधान गर्छ ।

आईटीमा आएका समस्याहरुको समाधानको काम डिजिटलले गर्ने हो । डिजिटलको लागि डाटा र प्लाटफर्मको विषय महत्त्वपूर्ण हुन् । नेपालमा डिजिटल प्लाटफर्म नै छैनन् । एप्लिकेसन छन्, तर प्लाटफर्म नै नभएको अवस्थामा डिजिटल विकास र सुशासनमा पुग्न लामो समय लाग्छ । एउटा सानो उदाहरणका रुपमा हेरौं, हामीलाई एउटा डिभाइस किन्नुपर्‍यो भने हाम्रो ध्यान मूल्यमा हुन्छ, सुरक्षामा हुँदैन । सरकारले पनि डिजिटल सुरक्षाको लागि सोचेको पाइन्न । बजेटको स्रोत र खर्च मात्रै सोचेको देखिन्छ । त्यसकारण डिजिटल साक्षरता जरुरत छ । डिजिटल साक्षरताले साइबर ठगी, आपराधिक गतिविधिलाई पूरै समाधान त नगर्ला तर भोलि ठगी हुनबाट केही बचाउन सक्छ । साइबर सुरक्षाको लागि सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के हो भने सबैले आफ्नो सिस्टमको जोखिमलाई घटाउनुस् ।

(कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'साइबर सुरक्षा संवाद' विषयमा साइबर सुरक्षा विज्ञ राणाले दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित : फाल्गुन १४, २०७९ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए सम्बन्धित पक्षबाट क्षतिपूर्ति भराउने गृहमन्त्रीको निर्णय कस्तो लाग्यो ?