कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

चीन र रूसबीच दक्षिणपूर्वी एसियामा ‘अतिरिक्त–क्षेत्रीय शक्ति’को  प्रतिरोध गर्ने सहमति

रासस/एएफपी

भिएन्ताइन, लाओस — वासिङ्टनका शीर्ष कूटनीतिज्ञको आगमन हुनुभन्दा एकदिन अघि चीन र रूसका विदेश मन्त्रीहरूले अतिरिक्त–क्षेत्रीय शक्तिको प्रतिरोध गर्ने प्रतिबद्धता जनाउँदै शुक्रबार आफ्ना दक्षिणपूर्वी एसियाली समकक्षीहरूसँग भेट गरेका छन् ।

चीन र रूसबीच दक्षिणपूर्वी एसियामा ‘अतिरिक्त–क्षेत्रीय शक्ति’को  प्रतिरोध गर्ने सहमति

लाओसको राजधानी भिएन्ताइनमा आयोजित १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को तीन दिने बैठकमा चीनका विदेशमन्त्री वाङ्ग यी र सी विदेशमन्त्री सर्गेइ लाभरोभको सहभागिता रहेको छ ।

दुबै देशका विदेशमन्त्रीले आसियान सदस्य राष्ट्रका समकक्षीहरूसँग संयुक्तरूपमा वार्ता गरेका हुन् । वाङले नयाँ बेलायती विदेश सचिव डेभिड लमीसँग पनि भेट गरेका छन् ।

वाङ्ग र लाभरोभबीच बिहीबार आयोजित बैठकमा ‘दक्षिणपूर्व एसियाली मामिलामा हस्तक्षेप गर्ने अतिरिक्त क्षेत्रीय शक्तिहरूको प्रतिरोध गर्न दुई देश सँगै काम गर्न सहमत भएको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

उनीहरूले युरेसियामा ‘नयाँ सुरक्षाका संरचना’ लागू गर्न पनि छलफल गरेको लाभरोभले एक विज्ञप्तिमार्फत जारी सन्देशमा बताएका छन् ।

वाङलाई उद्धृत गरी चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले समाचारमा लेखेको छ,'बेइजिङ रूससँग सहकार्य गर्न तयार छ । हामी एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न र एकअर्काको मूल हितको रक्षा गर्न प्रतिबद्ध छौँ ।'

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आसियानका विदेशमन्त्रीहरूसँग वार्ताका लागि शनिबार बिहान भियन्ताइन आइपुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : श्रावण ११, २०८१ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×