भारतमा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ ।
चीनले ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ ।
सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरू र इरानबीच भएको आणविक सम्झौतालाई मानेर विश्व समुदायबीच सहकार्य गर्ने आफ्नो कूटनीतिक ‘अवसरलाई हल्का रूपमा लिनु’ इरानको भूल भएको युरोपेली शक्तिहरूले शुक्रबार बताएका छन्
लामो समयदेखि हिंसात्मक द्वन्द्वबाट आजित अफगानिस्थान शान्तिको बाटोमा अघि बढेको छ । सरकार र तालिवानी विद्रोहीबीच कतारमा अमेरिकाको मध्यस्थतामा वार्ता हुने भएपछि शान्तिको बाटोमा अघि बढ्ने संकेत देखिएको हो । वार्ता टोली तालिवान समूहसँगको शान्तिवार्ता गर्न कतारको दोहातर्फ गएको छ । दुई दशक लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले तालिवान समूहसँग सरकारले वार्ता गर्न लागेको हो ।
अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ । कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै दुवै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन् ।
चीनमा कोरोना भाइरसको संक्रमण कारागारमा पनि देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चिनियाँ अधिकारीहरुका अनुसार चिनियाँ कारागारमा रहेका करिब ४ सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । शुक्रबार बिहानसम्म चीनभरी मृत्यु हुनेको संख्या २ हजार २ सय ४७ पुगेको छ ।
अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै विमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई विमान म्यान्गालोर सहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।