भेनेजुएला भूकम्पमा चार हजारको मृत्यु भएको पुष्टि 

भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ ।

असार २७, २०८३

रासस/एएफपी

It has been confirmed that four thousand people died in the Venezuela earthquake.

काठमाडौँ — भेनेजुएलामा आएको दोहारो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ ।

गत जुन –२४ मा आएको भूकम्पका कारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको  पुष्टि सरकारले गरेको हो । 

भूकम्पमा १६  हजार ७४० जना घाइते भएको  र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राममार्फत जानकारी दिए ।

उनका अनुसार थप हजारौँ मानिसहरु बेपत्ता भएकाले खोजि तथा उद्धार कार्य जारी रहेको छ ।

यद्यपि उद्धार टोलीहरूले अव जिवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन् । पछिल्लो समयमा भेनेजुएलाले भूकम्पिय जोखिमको सामना गरिरहेको छ ।

यहाँ लामो समय देखि चलिरहेको आर्थिक संकटले सरकारी सेवाहरू पनि प्रभावित छन् । 

यसैबीच संयुक्त राष्ट्र सङ्घले भेनेजुयलामा भूकम्प राहत कार्यका लागि लगभग ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ ।

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले विदेशमा राखिएको फ्रिज गरिएका सम्पत्ति फिर्ता गर्न आह्वान गरेकी छिन् । 

रासस/एएफपी

Link copied successfully