कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले सोपो र हाउत-उएले प्रान्तलाई पनि इबोलाबाट अति प्रभावित प्रान्तको सुचीमा राखिएको बताए ।
काठमाडौँ — कंगोमा इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरुको सङ्ख्या ६४८ जना पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् । त्यसैगरी, शनिबारसम्म एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो तथ्याङ्कमा विगत २४ घण्टामा दर्ता भएका सङ्क्रमण र मृत्युहरूसमेत समावेश भएको अधिकारीहरूले बताएका छन् ।
स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले सोपो र हाउत-उएले प्रान्तलाई पनि इबोलाबाट अति प्रभावित प्रान्तको सुचीमा राखिएको बताए ।
यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कंगोमा इबोला प्रकोपको वास्तविक मात्रा आधिकारिक तथ्याङ्कले देखाएभन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिएको थियो ।
