कंगोमा इबोलाको प्रकोप उच्च संक्रमितको संख्या दुई हजार नाघ्यो : डब्ल्यूएचओ

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सक्रिय सशस्त्र द्वन्द्व, असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रहरूमा उपचार कार्यमा बाधा पुगेको बताए ।

श्रावण १, २०८३

रासस/एएफपी

Ebola outbreak in Congo reaches 2,000 cases: WHO

काठमाडौँ — प्रजातान्त्रिक गणतन्त्र कंगोमा  इबोला प्रकोप उच्च भएको छ । यहाँ दुई हजार १०० जनामा सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । 

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सक्रिय सशस्त्र द्वन्द्व, असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रहरूमा उपचार कार्यमा बाधा पुगेको बताए । 

निगरानी, उपचार र अनुसन्धानमा उल्लेखनीय प्रयासहरु भए तापनि रोगको उच्च प्रकोपले यसका नियन्त्रण प्रयासहरूमा बाधा पुर्याएको उनले बताए । 

डीआरसी स्वास्थ्य अधिकारीहरूले जारी गरेको पछिल्लो प्रतिवेदनअनुसार देशमा सङ्क्रमणका कारण ८२८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या दुई हजार १२४ जना पुगेको छ ।

अधिकारीहरुका अनुसार बुन्डिबुग्यो इबोला भाइरसको प्रकोप हालसम्म इटुरी, उत्तरी किवु, दक्षिण किवु, हाट–उले र सोपा गरी पाँच वटा प्रान्तहरूमा फैलिएको छ । 

पुष्टि भएका सङ्क्रमणमध्ये लगभग ९० प्रतिशत इटुरी प्रान्तमा रहेका छन् । छिमेकी मुलुक युगान्डामा समेत संक्रमण तिव्र फैलनसक्ने त्रास अधिकारीहरुलाई छ ।

कंगो सरकारले मे १५ मा आधिकारिक रूपमा इबोला महामारी घोषणा गरेको थियो । 

रासस/एएफपी

Link copied successfully