कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सन् १९७९ मा आजकै दिन : अमिनको क्रूर शासन अन्त्य 

काठमाडौँ — सन् १९७९ मा आजकै दिन (अप्रिल ११) मा तान्जानियाको सेनाले युगान्डाको राजधानी कम्पाला कब्जा गरेको थियो । तान्जानियाको सेनाले कम्पालालाई नियन्त्रणमा लिएसँगै युगान्डाका तानाशाह इदि अमिन देश छाड्न बाध्य भएका थिए । त्यसलगत्तै उनले लिबियामा शरण लिएका थिए । 

सन् १९७९ मा आजकै दिन : अमिनको क्रूर शासन अन्त्य 

इदि अमिन विश्वकै सबैभन्दा क्रूर शासक हुन् । ‘अफ्रिकाको बौलाहा मान्छे’ का नामले चिनिने अमिनले मान्छेको मासु खान मन पराउँथे । खासगरी सुन्दरी युवतीलाई उनले आफ्नो सिकार बनाउँथे । उनको फ्रिजमा मानिसका काटेका टाउकाहरू भेटिएका थिए ।

१९७१ देखि १९७९ सम्म युगान्डाको राष्ट्रपति बनेका अमिनले आफ्नो शासनकालमा ६ लाखभन्दा धेरै मानिसको हत्या गरेका थिए । १९७९ मा युगान्डाका अमिनविरोधी सेनाले तान्जानियाको सहयोगमा अमिनलाई अपदस्थ गरेको थियो । त्यससँगै युगान्डामा उनको क्रूर शासन अन्त्य भएको हो । अपदस्थ भएसँगै लिबिया भागेका अमिन १९८० सम्म त्यहाँ बसेका थिए । त्यसपछि साउदी अरब पुगेका अमिनको २००३ अगस्ट १६ मा मृत्यु भएको हो ।

प्रकाशित : चैत्र २९, २०८० ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×