कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्यालेस्टाइनमा बन्यो नयाँ सरकार

काठमाडौँ — प्रधानमन्त्री मोहम्मद मुस्तफाको नेतृत्वमा रहेको प्यालेस्टाइनी नयाँ सरकारले आइतबार वेस्ट ब्यांकको रमल्लाहमा शपथ ग्रहण गरेको छ ।

प्यालेस्टाइनमा बन्यो नयाँ सरकार

नयाँ सरकारमा गाजापट्टीका ६ जनासहित २३ जना मन्त्री रहेका छन् । मुस्तफाले विदेशमन्त्रीको पद पनि सम्हाल्नेछन् । मुस्तफालाई अमेरिकाको समर्थन रहेको बताइन्छ ।

प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासको अगाडि शपथ ग्रहण समारोहमा मुस्तफाले नयाँ सरकारले सबै प्यालेस्टाइनीहरूको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारको राजनीतिक सन्दर्भ प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन र यसको राजनीतिक कार्यक्रम तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतामा जोड दिने बताए ।

समारोहपछि नयाँ सरकारसँगको बैठकमा अब्बासले गाजामा जारी द्वन्द्व रोक्न अरब र अन्तर्राष्ट्रिय पक्षहरूसँग समन्वय गरेर काम भइरहेको बताए ।


प्रकाशित : चैत्र १९, २०८० १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×