कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सन् १९९१ मा आजकै दिन : खाडी युद्धमा इराक पराजित

काठमाडौँ — सन् १९९१ मा आजकै दिन (फेब्रुअरी २८) मा पहिलो खाडी युद्धमा इराक पराजित भएको थियो । इराकी राष्ट्रपति सद्दाम हुसेनको आदेशसँगै इराकी सेनाले १९९० को अगस्ट २ मा कुवेतमा आक्रमण गरेका थिए । त्यसको दुई दिनमा इराकले कुवेतमाथि नियन्त्रण कायम गरेको थियो ।

सन् १९९१ मा आजकै दिन : खाडी युद्धमा इराक पराजित

इराकी आक्रमणसँगै साउदी अरब र इजिप्टले अमेरिका र पश्चिमी देशलाई हस्तक्षेपका लागि आग्रह गरेका थिए । अमेरिकाको नेतृत्वमा इराकविरुद्ध दुई चरणमा आक्रमण गरिएको थियो । पहिलो चरणको ‘अपरेसन डेजर्ट सिल्ड’ १९९० को अगस्टदेखि १९९१ को जनवरीसम्म चलेको थियो ।

१९९१ को जनवरी मध्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले इराकलाई कुवेतबाट सेना फिर्ताका लागि माग गरेको थियो । तर राष्ट्रपति हुसेनले त्यसको अवज्ञा गरेपछि अमेरिकाले १९९१ को जनवरी १७ मा दोस्रो चरणको ‘अपरेसन डेजर्ट स्ट्रोम’ सुरु गरेको थियो ।

जसका कारण कुवेतमाथि आक्रमण गर्नेमध्ये अधिकांश इराकी सैनिकले आत्मसमर्पण गरेका थिए । केही सैनिक मारिएका थिए भने कोही भागेर इराक फर्केका थिए । करिब ६ महिनासम्म चलेको युद्धका कारण कम्तीमा एक लाख सर्वसाधारणले ज्यान गुमाएका थिए ।

प्रकाशित : फाल्गुन १६, २०८० ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×