कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सन् २०१४ मा आजकै दिन : युक्रेनी राष्ट्रपति यानुकोभिचलाई महाभियोग

काठमाडौँ — सन् २०१४ मा आजकै दिन (फेब्रुअरी २२) मा युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचविरुद्ध महाभियोग लगाइएको थियो । यानुकोभिच २०१० को फेब्रुअरी २५ मा युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सन् २०१४ मा आजकै दिन : युक्रेनी राष्ट्रपति यानुकोभिचलाई महाभियोग

रुसनिकट यानुकोभिचले २०१३ को नोभेम्बरमा युरोपेली संघमा आबद्ध हुनका लागि ढिलाइ गरेपछि युक्रेनमा पश्चिमी राष्ट्रहरूको समर्थनमा आन्दोलन सुरु भएको थियो । आन्दोलनका क्रममा एक सय जनाभन्दा बढीको मृत्यु भएसँगै यानुकोभिचले देश छाड्न बाध्य भएका थिए ।

त्यसलगत्तै युक्रेनी संसद्ले यानुकोभिचलाई पदबाट हटाउँदै उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । त्यसयता यानुकोभिच रुसमा रहँदै आएका छन् । उनी अपदस्थ भएपछि रुसी सेनाले युक्रेनको क्राइमिया आफ्नो देशमा गाभ्न सफल भएको थियो ।

यानुकोभिचपछि पेत्रो पोरोसेन्को युक्रेनको राष्ट्रपति भएका थिए । २०१९ मा भएको पछिल्लो चुनावमा भने कमेडियन भ्लोदिमिर जेलेन्सीकी राष्ट्रपति निर्वाचित भए । पश्चिमा देशनिकट जेलेन्स्कीले युक्रेनलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य बनाउने तयारी थालेपछि २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण थालेको थियो ।

प्रकाशित : फाल्गुन १०, २०८० ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×