२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

म्यानमारमा थप ६ महिना संकटकाल लम्बियो

काठमाडौँ — म्यानमारले संकटकाल ६ महिना थप गरेको छ ।म्यानमारको राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले दक्षिणपूर्वी एशियाली देशमा आपत्कालीन अवस्थालाई ६ महिना थप गरेको हो ।

म्यानमारमा थप ६ महिना संकटकाल लम्बियो

कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले एनडीएससीको बैठकमा आपत्कालीन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गरेका हुन् । देशको असामान्य परिस्थितिका कारण राज्यको संविधानको धारा ४२५ बमोजिम म्याद थप गरिएको बताइएको छ ।

बैठकमा टेलिकम ठगी नियन्त्रण, देशको विकास र शिक्षा क्षेत्रको प्रवर्द्धन, निर्वाचनको तयारी र राष्ट्रिय जनगणनाको तयारीका विषयमा पनि छलफल भएको बताइएको छ । म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षको लागि आपतकाल घोषणा गरेको थियो । त्यसपछि यसलाई यस वर्ष जनवरी ३१ सम्म चार पटक गरेर बढाएको थियो ।


प्रकाशित : माघ १९, २०८० १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?