कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्डमा तत्काल प्रतिबन्ध नहुने

एजेन्सी

लन्डन — कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ तीव्र बन्दै गएको भए पनि बेलायत सरकारले इंग्ल्यान्डमा तत्काल नयाँ प्रतिबन्ध नलगाउने भएको छ । प्रतिबन्ध लगाइहाल्नुपर्ने अवस्था नरहेको भन्दै सरकार उक्त निष्कर्षमा पुगेको वातावरणमन्त्री जर्ज युस्टिसने बताए । 

इंग्ल्यान्डमा तत्काल प्रतिबन्ध नहुने

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसअघि आफू प्रतिबन्धको पक्षमा नभएको बताएका थिए । त्यसो त सत्तारूढकै केही सांसद र व्यवसायीहरूले समेत इंग्ल्यान्डमा फेरि कडाइ नगर्न प्रधानमन्त्रीलाई पटकपटक सचेत गराएका थिए ।

जोन्सनलाई सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भ्यालेन्स र इंग्ल्यान्डका चिफ मेडिकल अफिसर क्रिस वीटीले 
राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा पछिल्लो प्रभावकारे ब्रिफिङ गरेका थिए । हस्पिटालिटी क्षेत्रले सरकारको निर्णयले पब, बार र क्लबका लागि ठूलो राहत भएको जनाएको छ । संक्रमण तीव्र भएपछि अस्पताल र स्कुलमा कर्मचारी अभावको चिन्ता बढेको छ । संक्रमणपछि सेल्फ आइसोलेट हुनुपर्ने भएर कैयौं कर्मचारी काममा आउन नसकेको जनाइएको छ ।

अरू कैयौं उद्योग र यातायात क्षेत्रमा समेत कर्मचारी अभाव खड्किएको छ । क्रिसमस बिदामा तथ्यांक सार्वजनिक नगरिए पनि शनिबार, आइतबार र सोमबार तीन दिनमा ३ लाखभन्दा बढी संक्रमित भेटिएका थिए । इंग्ल्यान्डमा मंगलबार १ लाख १७ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार संक्रमण पुष्टि हुनेको संख्या ९८ हजार ५ सय १५ थियो । ओमिक्रोनबाट अस्पताल भर्ना हुने र मृत्युदर भने न्यून देखिएको छ । यूके हेल्थ सेक्युरिटी एजेन्सीले यसअघिको डेल्टा भेरिएन्टभन्दा ओमिक्रोन कम घातक भएको बताएको छ ।

प्रकाशित : पुस १५, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?