चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी
बेइजिङ — सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु दश वर्षमा करिब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) ले मंगलबार जनाएको छ ।
चिनियाँ महिलाहरूको विकासका लागि रूपरेखा (२०११–२०२०) को अनुगमन परिणामबारे एनबीएसको प्रतिवेदनमा भनिएको छ, 'विगत एक दशकमा चिनियाँ महिलाको सामाजिक हैसियत उल्लेख्य रूपमा उठाइएको छ र उनीहरूको उपलब्धि, सुख र सुरक्षाको भावना नाटकीय रूपमा बढेको छ ।'
अनिवार्य शिक्षामा लिंगको अन्तर समाप्त भएको छ । प्राथमिक विद्यालय उमेरका बालिकाको शुद्ध भर्नादर सन् २०१५ देखि लगातार ६ वर्षसम्म ९९.९ प्रतिशतभन्दा बढी रहेको छ । जुन केटाहरूको दरसँग मिल्दो छ ।
विगत एक दशकमा रोजगारीका लागि नीतिगत सुधार र व्यवसाय सुरु भएसँगै महिलाका लागि रोजगारीको माध्यम विस्तार भएको छ । कर्मचारीतन्त्रमा महिलाको सङ्ख्या पनि निरन्तर बढेको देखिएको छ । गत वर्ष सहरी कार्य एकाइहरूमा ६७.७९ करोड महिला कर्मचारीहरू थिए र यो सन् २०१० देखि ३९.५ प्रतिशत थियो ।
रिपोर्ट अनुसार हाल चीनको कुल रोजगारको ४३.५ प्रतिशत महिलाहरू छन् । एक दशकको अवधिमा लैंगिक समानता र महिलाको सर्वांगीण विकासलाई अघि बढाउन ऐतिहासिक प्रगति भए पनि कतिपय क्षेत्रमा महिला अधिकार र हितको संरक्षण अझै बलियो बनाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित : पुस ६, २०७८ २०:०२