कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टबाट संक्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु दश वर्षमा करिब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) ले मंगलबार जनाएको छ ।
सोमालियाको राजधानी मोगादिसु भन्दा केही बाहिरको राज्य गुरेल नगरमा शनिबार भएको भिडन्तमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । ज्यान जानेमा १७ जना इस्लामिक विद्रोही र अरु तीन जना यहाँको राष्ट्रिय सेनाका सदस्य रहेका छन् । सोमालियाली सेनाका एक अधिकारीले सो भिडन्तका क्रममा अरु ४० जना विद्रोही घाइते भएका बताएका छन् ।
कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप परियोजनामा दुई चिनियाँ औषधि निर्माता कम्पनी संलग्न हुने भएका छन् । उक्त परियोजनालाई सिनोफार्मले १७ करोड र सिनोभ्याक्सले ३८ करोड गरी ५५ करोड मात्रा खोप उपलब्ध गराउने भएका हुन् ।