कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा ५० जना अफगानिस्तानबाट

काठमाडौँ — बीबीसीले हालै सार्वजनिक गरेको सन् २०२१ मा विश्वभरका सय प्रभावशाली महिलाहरूको सूचीमा ५० जना अफगानिस्तानका महिलाहरू छन् ।
यसवर्ष समाज, संस्कृति र संसार बदल्न लागि परेका महिलाहरूलाई बीबीसीले समेटेको जनाएको छ । बीबीसीले हरेक वर्ष यसैगरी सयजना प्रेरक एवं प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गर्दै आएको छ ।

बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा ५० जना अफगानिस्तानबाट

तर यसवर्ष अफगानिस्तानका महिलाहरूले बढी प्राथमिकता पाएका हुन् । जबकी अफगानिस्तानमा बालिकाहरूलाई स्कुल जान प्रतिबन्ध लगाएको छ । साथै, तालिबानले सत्ता कब्जा गरेपछि महिलाहरूलाई सार्वजनिक रुपमा स्वतन्त्र रुपमा हिँडडुल गर्न र काम गर्न पनि बन्देज लगाइएको छ ।

उक्त सूचीमा अधिकांश अफगान अभियन्ता महिला र शिक्षिकाहरू समेत छन् । साथै नोबेल पुरस्कार विजेता पाकिस्तानी मलाला युसुफजाइ पनि परेकी छन् । अरु धेरैजसो अभियन्ता र संस्कृतिकर्मी छन् ।

अफगानिस्तानका महिलाहरूमध्ये केहीको भने छद्म नाम प्रयोग गरिएको बीबीसीले जनाएको छ । उनीहरूको फोटो पनि सार्वजनिक गरिएको छैन । बीबीसीले यस वर्ष अफगान महिलाहरूले प्रस्तुत गरेको साहस र उनीहरूको उपलब्धिलाई सम्मान गरेको पनि जनाएको छ।

बीबीसीको उक्त सूचीमा अर्बपति बिल गेट्सकी पूर्वपत्नी मेलिन्दा गेट्सको नाम पनि समावेश छ । प्रभावशाली लेखिका तथा अभियन्ता चिमामान्डा अदिचीको नाम पनि यसवर्षको सूचीमा परेको छ । साथै दुई टर्किस महिलाको नाम बीबीसीले समेटेको छ ।

प्रकाशित : मंसिर २२, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?