भारतको नागाल्याण्डमा सैन्य आक्रमणपछि स्थानीयले सेनाको गाडी नै जलाइदिए- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको नागाल्याण्डमा सैन्य आक्रमणपछि स्थानीयले सेनाको गाडी नै जलाइदिए

एजेन्सी

काठमाडौँ — भारतको नागाल्याण्डस्थित एक गाउँमा सैनिक आक्रमणबाट दर्जनौं स्थानीयबासिन्दा मारिएपछि आक्रोशित बनेका गाउँलेहरूले सेनाको गाडी नै जलाइदिएका छन् ।


म्यानमारको सीमाक्षेत्रमा पर्ने मोन जिल्लाको एक दुर्गम ओटिङ गाउँस्थित शनिबार राति आतंकवादीको आरोपमा सेनाले आक्रमण गर्दा १३ जना मारिएका थिए । त्यसको प्रतिवादमा उत्रिएका गाउँलेहरूले सेनाको गाडी नै जलाइदिएका थिए ।

सेनाले विश्वसनीय सूचनाका आधारमा विद्रोहीहरूलाई लक्षित गर्दै गरिएको विशेष अपरेसनमा उनीहरू मारिएको जनाएको छ । आइतबार सेनाले विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

प्रहरीले भने यस घटनाबारे उच्चस्तरीय छानबिन गरिने जनाएको छ । साथै मृतकहरूप्रति गहिरो दुख व्यक्त गरेको छ । यस्तै दोषीमाथि कानुन बमोजिम कारबाही हुने पनि प्रहरीले जनाएको छ ।

नागाल्याण्ड प्रहरी अधिकृत सन्दीप एम तांगादेका अनुसार अहिले सिंगो मोन जिल्लाको अवस्था तनाबग्रस्त बनेको छ । यस्तै १३ जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटनापछि नागाल्याण्डका मुख्यमन्त्री नेइफियु रियोले उक्त घटनाको छानबिन गर्ने र दोषीमाथि कारबाही गरिने रोयटर्सलाई जनाएका छन् । साथै यस घटनामा सेनाको गुप्तचर विफल बनेको पनि मुख्यमन्त्री रियोले टिप्पणी गरेका छन् ।

'ओटिङमा सर्वसाधारणको ज्यान लिने गरी भएको दुर्भाग्यपूर्ण घटना अत्यन्तै निन्दनीय छ,' मुख्यमन्त्री रियोले भनेका छन् । उक्त घटना ओटिङ गाउँमा भएको थियो ।

स्थानीय मिडियाका अनुसार आसाम राइफल्स अन्तर्गतको सैन्य टोलीले मोन जिल्लाको ओटिङ गाउँमा यस्तो घटना गरेको थियो । समाचार अनुसार सुरुमा कोइलाखानीका कामदारहरू बोकेको ट्रक सैन्य क्षेत्र हुँदै थिए । त्यसलाई सेनाले विद्रोहीहरूको गतिविधि ठानेर गोली प्रहार गर्न थालेको बताइएको छ । त्यस क्रममा ६ जना मारिएका थिए ।

उक्त आक्रमणपछि सयौं आदिवासी गाउँलेहरूले सेनाविरुद्ध प्रदर्शन गर्न थालेका थिए । यस क्रममा आसाम राइफल्सको गाडीसमेत जलाइदिएका थिए । यस क्रममा लामो समयसम्म सेना र स्थानीयको भीडन्त भएको थियो ।

भीडन्तमा अरु ८ स्थानीयवासी र एक सुरक्षाकर्मीको समेत मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । नागाल्याण्डमा यसअघि पनिस्थानीय र सुरक्षाकर्मीबीच यस्ता भीडन्त हुने गरेका छन् ।

नागाल्याण्डका स्थानीयहरूले भने बारम्बार सेनाले विद्रोही समूहको नाममा निर्दोष आदिवासीहरूलाई गलत तरिकाले निशाना बनाएको आरोप लगाउने गरेका छन्।

प्रकाशित : मंसिर १९, २०७८ २३:४८
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मतीमा बानियाँ जित्दा प्रकाशमान र गगनलाई धक्का

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । उनी संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा निकट हुन् । विशेषगरी वाग्मती प्रदेशलाई संस्थापन इतर समूहको भोट बैंकको रुपमा व्याख्या गरिँदै आएको थियो ।

यस्तो कठिन अवस्थामा पनि बानियाँले संस्थापन इतरका उम्मेदवार संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै कांग्रेस भावी सभापतिमा पुन: शेरबहादुर देउवा नै बलियो हो भन्ने सन्देश दिएका छन् । यसै प्रदेशबाट कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका प्रकाशमान सिंह र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको युवा नेता गगनकुमार थापा हेटौंडामै डेरा जमाएर बानियाँको विपक्षमा मत मागिरहेका थिए ।

उनीहरुले हरेक गुटको भेलामा बानियाँको विरुद्धमा मत माग्दै सवल र सक्षम नेतृत्व चयन गर्न जरुरी रहेको औंल्याइरहेका थिए । बानियाँको विजयीले ‘पार्टी शुद्धीकरण र प्रधानमन्त्री देउवा’विरुद्ध लामो समयदेखि अभियान सञ्चालन गरिरहेका सिंह र थापालाई सबैभन्दा बढी अप्ठेरोमा पारेको छ । संस्थापन इतरका केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै वाग्मती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँ दोस्रो पटकमा प्रदेश सभापतिमा निर्वाचित भएका थिए ।

शनिबार भएको पहिलो चरणको निर्वाचनमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधान अनुसार ५० प्रतिशत मत कटाउनुपर्ने भएपछि आइतबार पुन: मतदान भएको थियो । पहिलो चरणमै बानियाँ बलियो देखिएपछि सिंह बिहानै हेलिकप्टरबाट हेटौंडा आएर गुटको बैठक सञ्चालन गरेका संस्थापन पक्षको आरोप लगाएका छन् । ‘प्रकाशमान सिंह र गगन दाईले काठमाडौंका धेरै नेताहरुलाई एक/एक गरेर भेटेर निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह गर्नु भएको थियो । प्रदेश र महाधिवेशन प्रतिनिधिमा उहाँहरुकै सहयोगमा जितेकाहरुले बानियाँलाई सहयोग गर्दा यस्तो अवस्था सिर्जना भएको हो’, संस्थापन इतर समूहका एक नेताले भने ।

दोस्रो चरणको मतदानमा बानियाँले १ हजार ८५ मत प्राप्त गरेका थिए भने केसीले ९ सय २७ मत प्राप्त गरे । कुल २ हजार २५ मत खसेकोमा १३ मत बदर भएको थियो । कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाको विश्वास पात्र बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गरेका थिए । प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए । बानियाँ कांग्रेस मकवानपुरका सभापतिसमेत हुन् ।

पहिलो चरणको मतदानमा बानियाँले ९ सय ९२ मत ल्याएका थिए भने दोस्रो हुने केसीले ८ सय ७२ मत ल्याएका थिए । पहिलो चरणमा प्रधानले १ सय ९७ मत ल्याएका थिए । पहिलो चरणमा कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।

सभापतिमा निर्वाचित भएसँगै बानियाँले वाग्मती प्रदेशमा कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्न आगमी निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘स्थानीय तह, प्रदेश र संघको निर्वाचन नजिकिँदैछ । अब पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनेतर्फ अब निर्वाचित भएको समितिले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछौं’, बानियाँले भने ।

उनले पार्टीको आन्तरिक निर्वाचन भएका कारण आफ्नो जीतलाई उत्साहपूर्ण रुपमा नलिएको प्रतिक्रिया दिए ।


प्रकाशित : मंसिर १९, २०७८ २२:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×