कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

पाकिस्तान ३ वर्षदेखि धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने देशको सूचीमा

एजेन्सी

वासिङटन — अमेरिकाले धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने देशहरूको सूची सार्वजनिक गर्दै पाकिस्तानलाई पनि उक्त सूचीमा राखेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनले जारी गरेको उक्त सूचीमा पाकिस्तानसंगै तालिबानलाई पनि धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने सूचीमा राखेको छ ।

पाकिस्तान ३ वर्षदेखि धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने देशको सूचीमा

यसअघि डोनल्ड ट्रम्प नेतृत्वको सरकारले २०१८ को डिसेम्बरमा पाकिस्तानलाई धार्मिक स्वतन्त्रता हनन् गर्ने मुलुकको सूचीमा राखेको थियो । जुन २०२० मा पनि उक्त सूचीबाट हटेको छैन ।

२०२१ को जनवरीमा जो बाइडेन सरकारमा आएपछि नयाँ सरकारले तयार पारेको सूचीमा पनि पाकिस्तान परेको हो । अमेरिकाले तयार पारेको उक्त नयाँ सूचीमा रुस थपिएको छ भने सुडान हटेको छ ।

धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन गर्ने मुलुकहरूबारे अमेरिकाले चासो देखाएको हो । जसअन्तर्गत म्यानमार, चीन, इरान, पाकिस्तान, रुस, साउदी अरेबिया, ताजिकिस्तान र तुर्केमेनिस्तानलाई अमेरिकी सरकारले जारी गरेको धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने देशको सूचीमा राखेको छ ।

यस्तै विशेष निगरानीको सूचीमा अल्जेरिया, क्युबा, कोमोरस र निकारागुआलाई राखिएको छ । यसवाहेक उक्त सूचीमा धार्मिक स्वतन्त्रता हनन् गर्ने धार्मिक कट्टरपन्थी संगठन तथा आतंकवादी संगठनहरूको नामसमेत उल्लेख छ ।

जहाँ आईएसआईएस, अल शबाब, बोको हराम र तालिबानको नामसमेत सूचीमा छ । हरेक वर्ष अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन अन्तर्गत यस्ता देश तथा संगठनको नाम सार्वजनिक गर्ने गरेको छ ।

प्रकाशित : मंसिर ३, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?