१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

इराकका लागि शान्ति र धैर्य कायम गर्न प्रधानमन्त्री कदिमीको आह्वान

कान्तिपुर संवाददाता

काठमाडौँ — इराकी प्रधानमन्त्री मुस्तफा अल कदिमीले राजधानी बग्दादस्थित निवासमा भएको आक्रमणमा जोगिन सफल भएको बताएका छन् । बग्दादको ग्रिन जोनमा अवस्थित उनको निवासलाई लक्षित गर्दै विस्फोटक पदार्थ भरिएको ड्रोन आक्रमण भएको थियो ।

इराकका लागि शान्ति र धैर्य कायम गर्न प्रधानमन्त्री कदिमीको आह्वान

सो आक्रमण प्रधानमन्त्री अल कदिमी हत्याका लागि गरिएको बताइएको छ । यसअघि प्रधानमन्त्रीलाई अस्पताल लगिएको समाचारहरु आएका थिए ।

प्रधानमन्त्री अल कमिदीले ट्विट गर्दै 'इराकका लागि सबै जनाले शान्ति र धैर्य कायम गर्न' आह्वान गरेका छन् । अधिकारीहरुले प्रधानमन्त्रीको सुरक्षामा रहेका ६ जना घाइते भएको बताएका छन् ।

धेरै वटा सरकारी कार्यालय र दूतावास रहेको सो क्षेत्रमा भएको आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । अमेरिकाले आक्रमणको भत्सर्ना गर्दै अनुसन्धानका लागि सहयोगको प्रस्ताव गरेको छ । अमेरिकाले सो कार्यलाई आतंकवादी कार्य भनेको छ ।

अल कदिमी पूर्वगुप्तचार अधिकारी हुन् र सन् २०२० मे महिनामा प्रधानमन्त्री बनेका थिए । पछिल्लो केही सातायता इरान समर्थित राजनीतिक समूहरुले ग्रिन जोन नजिकै प्रदर्शन गर्दै आएका छन् । उनीहरुले गत महिना भएको चुनावमा धाँधली भएको भन्दै प्रदर्शन गर्दै आएका हुन् । यसै साता प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भएको थियो । जसमा १ सय भन्दा बढी घाइते भएका थिए ।

प्रकाशित : कार्तिक २१, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?