कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काबुल आक्रमणमा तालिबानका कमाण्डर मारिए

एजेन्सी

काबुल — अफगानिस्तानको काबुलस्थित सैनिक अस्पतालमा मंगलबार इस्लामिक स्टेटले गरेको हमलामा परी तालिबानका एक कमाण्डरसमेत मारिएका छन् । बुधबार अधिकारीहरूले जनाए अनुसार कट्टरपन्थी हकानी नेटवर्कका सदस्य एवं बाद्री विशेष फोर्सका अधिकृत हमदुल्लाह मोखलिस मारिएका हुन् ।

काबुल आक्रमणमा तालिबानका कमाण्डर मारिए

हमदुल्लाह अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि भएका हमलामा मारिएका तालिबानका सबैभन्दा वरिष्ठ नेता हुन् । गत मंगलबार काबुलस्थित सरदार दाउद खान अस्पतालमा भएको हमलाको क्रममा जवाफी कारबाही गर्ने क्रममा उनको मृत्यु भएको बताइएको छ ।

अफगान मिडियाका अनुसार उक्त हमला हुना साथ तालिबान सुरक्षा फौजले लडाकु समूहमाथि जवाफी कारबाही सुरु गरेको थियो । अस्पतालमा भएको हमलाको क्रममा कम्तिमा १९ जना मारिएका थिए । साथै अरु थुप्रै घाइते भएका थिए ।

तालिबान सरकारले उक्त हमलालाई आत्मघाती हमला भनेको छ । हमलाको केही घण्टापछि इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको थियो । अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि इस्लामिक स्टेटसहित सशस्त्र समूहका आक्रमण तीव्र भएका छन् ।

अफगानिस्तानको सैनिक अस्पतालमा विस्फोट : १५ मारिए, ३४ घाइते

प्रकाशित : कार्तिक १७, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?