कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा फेरि फैलियो कोरोना, ११ प्रान्तमा डेल्टा भेरियन्टको असर 

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनमा पुन: एक पटक कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूले जनाएका छन् । 

चीनमा फेरि फैलियो कोरोना, ११ प्रान्तमा डेल्टा भेरियन्टको असर 

चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार अहिले चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ । चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।

गत हप्ता चीनमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये १०६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए । ग्लोबल टाइम्सका अनुसार संक्रमण पुष्टि हुनेहरू विभिन्न १३ वटा समूहका छन् । पछिल्लो समय ‘इनर मंगोलिया अटोनोमस रिजन’मा बढी संक्रमण देखिएको छ । अक्टोबर १७ देखि चीनका विभिन्न ठाउँमा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

संक्रमणको मुख्य कारण अन्तरक्षेत्रीय पर्यटन रहेको आयोगले जनाएको छ । चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो पटक देखिएको भाइरस र यसअघि चीनमा देखिएको भाइरसमा कमै मात्र समानता देखिएको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?