कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताइवानमा ६.५ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प

एजेन्सी

ताइपेइ — ताइवानमा ६.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार गएको भूकम्पले राजधानी ताइपेइमा समेत ठूलो धक्का महसुश गरिएको बताइएको छ ।

ताइवानमा ६.५ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प


यद्यपि घटनाकोफ क्षतिबारे पूर्ण विवरण आइसकेको छैन । ताइवानको केन्द्रीय मौसम विभागका अनुसार आइतबारको भूकम्प यस वर्ष गएका अन्य भूकम्पको तुलनामा सबैभन्दा शक्तिशाली हो ।

उत्तरपूर्वी क्षेत्र इलनलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार १ बजेर ११ मिनेटमा भूकम्प गएको हो । जुन ६७ किलोमिटरको गहिराइमा थियो । स्थानीय पत्रकारहरुका अनुसार इलन क्षेत्रमा भूकम्पको धक्का ३० सेकेन्डसम्म थियो ।

भौतिक संरचनामा केही क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन । यससँगै भूकम्पको केही बेरपछि ५.४ म्याग्निच्यूडको अर्को परकम्पसमेत गएको बताइएको छ । ताइवानमा यसअघि पनि बारम्बार भूकम्प जाने गरेको छ ।

२०१८ मा ६.४ म्याग्निच्यूडको भूकम्प जाँदा १७ जनाको मृत्यु हुनुका साथै ३०० घाइते भएका थिए । यस्तै १९९९ को सेप्टेम्बरमा ७.६ म्याग्निच्यूडको भूकम्प जाँदा २४०० जनाको मृत्यु भएको थियो । जुन ताइवानको इतिहासमै सबैभन्दा ठूलो भूकम्प हो ।

प्रकाशित : कार्तिक ७, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?