कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अल्पसंख्यक उइगुरको हक सुनिश्‍चित गर्न चीनलाई अन्तर्राष्ट्रिय दबाब

एजेन्सी

काठमाडौँ — ४३ देशहरुले चीनलाई त्यहाँ रहेका अल्पसंख्यक मुस्लिम उइगुर समुदायको मानव अधिकारको सम्मान गर्न आग्रह गरेका छन् ।

अल्पसंख्यक उइगुरको हक सुनिश्‍चित गर्न चीनलाई अन्तर्राष्ट्रिय दबाब


अमेरिकासहित यूरोपियन यूनियन र अन्य एसियन देशहरुले हस्ताक्षर गरेको एक विज्ञप्ति सार्वजनिक गर्दै चीनलाई यस्तो दबाब दिएका हुन्। चीनले अल्पसंख्यक मुस्लिम उइगुरहरुलाई जबर्जस्ती बेपत्ता पार्ने, यातना दिने जस्ता गतिविधि गर्दै मानव अधिकार उल्लंघन गरेको आरोप ती देशहरुको छ।

"चीनको छिनजियाङमा स्वतन्त्र पर्यवेक्षणका लागि तत्कालै पहुँच दिन हामी चीनसँग आग्रह गर्छौँ,' ती देशहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, "हामी विशेषगरी छिनजियाङ उइगुर स्वायत्त क्षेत्रको बारेमा चिन्तित छौँ ।"

चीनले भने लामो समयदेखि छिन्जियाङस्थित उइगुर तथा अन्य मुस्लिम अल्पसंख्यकहरुमाथि यातना दिने गरेको आरोप अस्वीकार गर्दैआएको छ । जवकि विज्ञहरुले त्यस क्षेत्रमा १० लाखभन्दा धेरै मानिसलाई चीन सरकारले शिविरमा कैद गरेको बताउँदैआएका छन् ।

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत झाङ जुनले यस्तो आरोपलाई 'झुट' र 'चीनलाई चोट पुर्‍याउन गरिएको षड्यन्त्र'को संज्ञा दिएका छन् । उनले अमेरिका, फ्रान्स र बेलायतमा बरु मानव अधिकारको अवस्था भयानक रहेको आरोप लगाएका छन् । यस्तै अमेरिकाले आदिवासी समुदायहरुमाथि अमानवीय गतिविधि गरेको र फ्रान्सले मानवताविरुद्धको गतिविधि गरेको चिनियाँ अधिकारीहरुको आरोप छ ।

प्रकाशित : कार्तिक ५, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?