२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अफगानिस्तानको मस्जिदमा बम विस्फोट : १६ जना मारिए, ३२ घाइते

एजेन्सी

काबुल — अफगानिस्तानको कानदहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा १६ जना मारिएका छन् । अरु ३२ जना घाइते छन् ।

अफगानिस्तानको मस्जिदमा बम विस्फोट : १६ जना मारिए, ३२ घाइते

सिया मस्जिदलाई लक्षित गरी शुक्रबारको नियमित प्रार्थनाको क्रममा विस्फोट भएको हो । घाइतेहरुलाई नजिकका अस्पतालमा उपचार गरिएको छ ।

तालिबान सरकारका आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता क्वारी सइद खोस्तीले घटनाको पुष्टि गरेका छन् । हमला कसले गरेको भन्नेबारे भने केही खुलेको छैन । गत शुक्रबार पनि कुन्दुज सहरस्थित अर्को एक सिया मस्जिदमा बम विस्फोट गरिँदा २० जना मारिनुका साथै ९० घाइते भएका थिए । अफगानिस्तानमा तालिबान सरकार गठनपछि आईएसआईएलका लडाकूले आक्रमण तिब्र पारेका छन् ।

प्रकाशित : आश्विन २९, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?