कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुटानी पूर्वप्रधानमन्त्रीले शुभकामना दिँदै भने- 'भुटानको दसैं विशेष भएको छ'

एजेन्सी

काठमाडौँ — भुटानका *पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेले दसैंको अवसरमा नेपालीसहित नेपालीभाषीहरुलाई शुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत् उनले शुभकामना दिएका हुन् ।

भुटानी पूर्वप्रधानमन्त्रीले शुभकामना दिँदै भने- 'भुटानको दसैं विशेष भएको छ'

'महत्वपूर्ण चाड दसैंमा सबै आमा-बुवा, दाजु-भाइ, दिदी-बहिनीमा म र मेरो परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । यस विशेष चाडमा सबैको सुख शान्ति र समृद्धिको कामना गर्दछौँ,' तोब्गेले भिडियोमार्फत् भनेका छन् ।

साथै यस वर्ष भुटानको दसैं पर्व विशेष रहेको पनि उनले बताएका छन् । भुटानका राजा-रानीले विवाह गरेको १० वर्षको अवसरमा यस वर्षको दसैं विशेष भएको उनले बताएका छन् ।

'भुटानमा यस वर्षको दसैं विशेष भएको छ । यसपटक श्री ५ महाराजधिराज र महारानीको विवाह भएको १० वर्ष पुगेको छ । उहाँहरुले हामीलाई सुख दिन धेरै मेहनत गर्नुभयो । जसको लागि उहाँहरुलाई हामीले सधैँ धन्यवाद दिएका छौँ । साथै उहाँहरुले हामीलाई राजकुमार दिनुभएकोमा हामी खुसी छौँ,' पूर्वप्रधानमन्त्री तोब्गेले भनेका छन् ।

यस्तै कोभिड महामारीका कारण भेटघाट गर्न र टीका लगाउन सुरक्षित नहुने भएकाले संयम् भएर दसैं मनाउन उनले आग्रह गरेका छन् । कोभिड संक्रमणबाट अति कम क्षति भएका विश्वभरका देशमध्ये भुटान पनि एक हो । पूर्वप्रधानमन्त्री तोब्गेले शुभकामना सन्देशको क्रममा आफ्ना राजाको आशिर्वादका कारण क्षति बढ्न नपाएको बताएका थिए ।

*यस समाचारमा यसअघि भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे हुनुपर्नेमा असावधानीवश् अन्यथा सम्बोधन भएकोले सच्याइएको छ । -सम्पादक

प्रकाशित : आश्विन २९, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?