ताइवानको १३ तले भवनमा आगलागी : मृत्यु हुनेको संख्या ४६ पुग्यो, ४१ जना घाइते- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताइवानको १३ तले भवनमा आगलागी : मृत्यु हुनेको संख्या ४६ पुग्यो, ४१ जना घाइते

एजेन्सी

ताइपेइ — ताइवानको दक्षिणी क्षेत्रस्थित एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । साथै ४१ जना घाइते भएका छन् ।

ताइवानको काओसिउङ सहरस्थित १३ तले भवनमा बिहीबार बिहान ३ बजे अचानक आगलागी भएको हो । आगलागीका कारण केही तला ध्वस्त भएका छन् ।

अधिकारीहरुका अनुसार घटनास्थलबाट ३२ शव सिधै शवगृहमा लगिएको थियो । साथै ५५ जना घाइतेलाई अस्पताल लगिएको थियो । ताइवानमा मृतकको पुष्टि अस्पतालले मात्रै गर्नपाउने प्रावधान छ ।

स्थानीय टेलिभिजनमा आगलागीको भिडियो समेत देखाइएको थियो । जहाँ सुन्तला रंगमा आगो लागिरहेको दृश्य भिडियोमा देखिन्छ । साथै घटनापछि उद्वारका लागि एम्बुलेन्ससहित ठूलो संख्यामा अग्नि नियन्त्रकहरु खटाइएको थियो । अधिकारीहरुका अनुसार आगलागी भएको उक्त भवन करिब ४० वर्ष पुरानो हो ।

प्रकाशित : आश्विन २८, २०७८ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति भण्डारीले गरिन् नवकन्याहरूको पूजा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको नवौं दिन नवकन्याहरुको पूजा गरेकी छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेकी हुन् ।

विजया दशौको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौा दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमश: २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दू धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिएपनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो ।

यसैक्रममा राष्ट्रपति भण्डारीले आज महानवमीको दिन शितल निवासमै नवकन्याहरुको पूजा गरेकी हुन् ।

प्रकाशित : आश्विन २८, २०७८ १५:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×