कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमाथिको प्रतिबन्ध छिट्टै खुलाऊ: चीन

काठमाडौँ — चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमाथि लगाइएका प्रतिबन्ध जतिसक्दो चाँडै हटाउनुपर्ने बताएका छन् । जी २० देशका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा उनले यस्तो बताएका हुन् ।

अफगानिस्तानमाथिको प्रतिबन्ध छिट्टै खुलाऊ: चीन

यस क्रममा नेता वाङले अफगानिस्तानमाथि आर्थिक प्रतिबन्ध हटाउनुपर्ने बताए । अफगानिस्तानको विदेशी मुद्रा भण्डार त्यहीँको सम्पत्ति रहेको र त्यसमा अफगान नागरिककै अधिकार हुने नेता वाङले बताए ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि अन्तर्राष्ट्रिय मुद्रा कोषसहित अमेरिका र अन्य केही देशले अफगानिस्तानको एकाउन्ट फ्रिज गरिदिएका छन् । गत महिना चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्यीङले तालिबानले चीनसँग सुमधुर सम्बन्ध बनाउन निरन्तर आशा व्यक्त गरेको बताएका थिए ।

नेता वाङले आफ्नो भाग्यको फैसला गर्ने अफगान जनताको अधिकारको चीनले सम्मान गर्ने समेत बताएका थिए । साथै, आफूहरु अफगानिस्तानसँग मित्रतापूर्ण सम्बन्ध कायम गर्ने उनको भनाइ थियो । यसअघि तालिबानका प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानमा शान्ति र मेलमिलाप बढाउन चीनले रचनात्मक भूमिका खेलेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित : आश्विन ७, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?