कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियाको भिक्टोरियामा अहिलेसम्मकै ठूलो भूकम्प

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको भिक्टोरियास्थित मेलबर्नमा बुधबार ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । करिब २ सय किलोमिटर टाढा इपिसेन्टर रहेको उक्त भूकम्पबाट कुनै मानवीय क्षति नभएको अधिकारीहरूले जनाएका छन् ।

अस्ट्रेलियाको भिक्टोरियामा अहिलेसम्मकै ठूलो भूकम्प

बुधबार बिहान करिब ९.१५ तिर गएको अहिलेसम्मकै ठूलो भएको समाचारमा जनाइएको छ । जियोसाइन्स अस्ट्रेलियाले जनाए अनुसार उक्त भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको मापन गरिएको छ । भूकम्पका कारण कुनै मानवीय क्षति नभएपनि दर्जनौं भवनमा भने क्षति पुगेको छ ।

पहिलो भूकम्पपछि मेलबर्नका नागरिकले थप ६ वटा पराकम्पको महसुस गरेका छन् । भिक्टोरियाका आपतकालीन सेवाका प्रमुख अफिसर टीम विबुसले भूकम्पका कारण घरमा सामान्य क्षति पुगेको भन्दै करिब १ सयवटा सहयोगका लागि अनुरोध आएको बताएका छन् ।

उनले अहिलेसम्म कसैलाई पनि चोटपटक लागेको खबर नआएको तर मेलबर्न सहर तथा इपिसेन्टर रहेको म्यान्सफिल्डका केही भवनमा क्षति पुगेको जनाएका छन् ।

भूकम्पको कम्पन छिमेकी राज्य एडिलेड, क्यानबेरा, उत्तरी तास्मानियासम्म महसुस गरिएको समाचारमा जनाइएको छ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री स्कट मरिसनले सरकारले तदारुकताका साथ हरेक सहयोग पुर्‍याउने बताएका छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?