९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

नारायण खड्का

नारायण खड्काका लेखहरु :

राष्ट्रिय सभा अध्यक्ष नेतृत्वको टोली र अस्ट्रेलियाका सभामुखबीच भेट

अस्ट्रेलिया भ्रमणमा आएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोलीले अस्ट्रेलियाका दुवै संसद्‌का प्रमुखसँग भेट गरेको छ । 

अस्ट्रेलियामा दसैंको रौनक

नेपालीको ठूलो चाड बडादसै अस्ट्रेलियामा हर्षोल्लासका साथ मनाइएको छ । दसैंको टीकाको अवसर पारेर यहाँ रहेका नेपालीमात्र नभएर विदेशीले समेत दसैं मनाएका छन् । दसैंको अवसरमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले समेत सम्पूर्ण नेपालीलाई दसैंको शुभकामना दिएका छन् । 

साहित्यमा जीवन खोज्ने नवराज

जीवनशैली सामान्य नै भइरहेको भए उनी कुनै विश्वविद्यालयमा अंग्रेजी विषय अध्यापन गराइरहेका हुन्थे । वा, लोक सेवा पास गरेर कतै सरकारी जागिरमा हुन्थे । उनले म आफू कवि नै हुँला र यसरी कवितामा जीवन खोज्दै देश–विदेश घुमौंला भन्ने सोचेका पनि थिएनन् ।

भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले दिए राजीनामा

अस्ट्रेलियाको दोस्रो ठूलो राज्य भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले राज्य प्रमुख (प्रिमियर) को पदबाट राजीनामा दिएका छन् । मंगलबार अचानक राजीनामा घोषणा गर्दै उनले आफू तथा परिवारलाई थप समय दिनका लागि पदबाट राजीनामा दिएको जनाएका छन् । उनले प्रिमियरका साथै राज्यको लेबर पार्टीको नेता र निर्वाचित क्षेत्रको सांसदबाट समेत राजीनामाको घोषणा गरेका हुन् ।

नेपाली कलाकारको भिसामा कडाइ गर्दै अस्ट्रेलिया

तीज कार्यक्रमका लागि अस्ट्रेलिया आउन लागेकी गायिका सिन्धु मल्लको भिसा यस पटक अस्वीकृत भयो । मल्ल तीजमा अस्ट्रेलियामा आयोजना गरिने कार्यक्रममा धेरै पटक सहभागी भइसकेकी कलाकार हुन् । उनले सामाजिक सञ्जालबाट भिसा नपाएको जानकारी दिएकी छन् । भिसा रद्द भएसँगै आयोजकले उनीबिनै कार्यक्रम आयोजना गर्नुपर्‍यो ।

परदेशको तीज

दक्षिण अस्ट्रेलियाकी रिज्नु अधिकारीलाई केही दिनयता भ्याइनभ्याई छ । कारण, एडिलेड वरपर हुने सबैजसो तीज कार्यक्रमको उनले निम्तो पाउँछिन् । अनि, सम्भव भएसम्म सबैमा पुग्छिन् पनि । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अस्ट्रेलियाकी महिला संयोजकसमेत भएकाले पनि होला उनको ‘तीजे व्यस्तता’ बढेको ।

४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

पछिल्लो समयमा नेपाली विद्यार्थीका लागि सपनाको केन्द्र नै बनेको छ अस्ट्रेलिया । ठूलो सपना लिएर उच्चशिक्षाका लागि अस्ट्रेलिया पस्नु सामान्य नै हो । तर उक्त सपना समयमै साकार पार्नु भने उत्तिकै चुनौतीपूर्ण छ ।

एनआरएनए अस्ट्रेलियामा पोखरेल निर्वाचित

प्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल निर्वाचित भएका छन् । देव गुरुङ र डिला खरेललाई पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अस्ट्रेलियाका नेपालीले सांस्कृतिक भवन निर्माण गर्ने

अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरूले त्यहाँ आफ्नो पहिचान र संस्कृति झल्कने सांस्कृतिक भवन निर्माण गर्ने भएका छन् । दक्षिण अस्ट्रेलियामा बसोबास गरिरहेकी नेपाली महिला रेणुका लामाले एडिलेडमा रहेको करिब ६ रोपनी जग्गा समुदायलाई निःशुल्क हस्तान्तरण गरेपछि अस्ट्रेलियामा बसोबास गर्ने नेपालीले त्यहाँ नेपाली सांस्कृतिक भवन निर्माण गर्ने भएका हुन् । 

अस्ट्रेलियामा आदिवासी अधिकारलाई जनमतसंग्रह

अस्ट्रेलियाले आदिवासीको हकअधिकारको विषयमा जनमतसंग्रह गर्ने भएको छ । यसै वर्षको अन्त्यमा हुने मतदानबाट उनीहरूको अधिकारलाई अझ व्यवस्थित र सुरक्षित गर्ने उद्देश्य राखिएको छ । जनमतसंग्रहमार्फत आदिवासीको सामाजिक, सांस्कृतिक, आर्थिकलगायत अधिकारबारे संसद् तथा सरकारलाई सुझाव दिने ‘एबोरिजिनल एन्ड टोरेस स्ट्रेट आइल्यान्डर भ्वाइस’ नामक स्थायी र स्वतन्त्र निकाय स्थापनामा मतदान हुनेछ ।