भिक्टोरियास्थित नेप्लिज कम्युनिटी टेनिस क्लबको आयोजना सम्पन्न भएको प्रतियोगितामा अस्ट्रेलियाको भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, क्विन्सल्याण्ड र नर्दन टेरिटोरी तथा नेपालबाट आएका खेलाडीले सहभागिता जनाएका थिए ।
अस्ट्रेलिया — अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलबर्नमा टेनिस खेल प्रतियोगिता एनसिटिसी, आइसिएस युनिटी गेम्स २०२६ सम्पन्न भएको छ । अस्ट्रेलियाका विभिन्न ४ राज्य तथा नेपालबाट आएका खेलाडी बिच सम्पन्न प्रतियोगिता दुईदिनसम्म चलेको थियो ।
भिक्टोरियास्थित नेप्लिज कम्युनिटी टेनिस क्लबको आयोजना सम्पन्न भएको प्रतियोगितामा अस्ट्रेलियाको भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, क्विन्सल्याण्ड र नर्दन टेरिटोरी तथा नेपालबाट आएका खेलाडीले सहभागिता जनाएका थिए । विभिन्न विधामा गरिएको प्रतिष्पर्धामा ४८ जना खेलाडीले सहभागिता जनाएका थिए । आयोजक संस्थाका अनुसार प्रतिष्पर्धामा सहभागी खेलाडीलाई नगद तथा ट्रफी सहित पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा एडभान्स ३५ बर्षभन्दा माथिमा नेपालका सीमान्त गुरुङ विजयी भए भने क्विन्सल्याण्डका अनुप गुरुङ उपविजेता बने । इण्टरमिडिएट विधामा क्रमश दक्षिण अस्ट्रेलियाका दीपेश घिमिरे र भिक्टोरियाका भीष्म गौतम विजेता र उपविजेता भए । डबल्समा आएका सीमान्त गुरुङ र भिक्टोरियाका अशोक गुरुङको जोडी विजयी भयो भने क्विन्सल्याण्डका अनुप गुरुङ र भिक्टोरियाका कुमार खत्री उपविजेता बने । विजेता तथा उपविजेतालाई कुल ४ हजार ५ सय अस्ट्रेलियन डलरको पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई आयोजना गरेको नेप्लिज कम्युनिटी टेनिस क्लबका सचिव भीष्म गौतमले टेनिस खेलको माध्यमबाट विश्वभरि रहेका टेनिस खेलप्रेमीलाई एक स्थानमा ल्याउने र अस्ट्रेलियाका रहेका नेपाली खेलप्रेमीलाई टेनिसप्रति आकर्षित गर्ने उद्देश्य रहेको सुनाए ।
