एडिलेडमा नवदुर्गा झाँकी [तस्बिरहरु]

अस्ट्रेलियास्थित ब्रम्हाकुमारीज एडिलेडले दसैंको अवसरमा आयोजना गरेको दसैंंतिहार महोत्सवका अवसरमा देखाइएको झाँकीले नेपालीका साथै अन्य स्थानीय सहभागीलाई समेत मन्त्रमुग्ध बनायो ।

आश्विन १७, २०८२

नारायण खड्का

Navadurga Tableau in Adelaide [Photos]

What you should know

अस्ट्रेलिया — दसैंको महोत्सवमा अस्ट्रेलियाको एडिलेडमा नवदुर्गा झाँकी प्रदर्शनी गरिएको छ । नौ देवीको स्वरूपमा तयार गरिएको झाँकीमार्फत नवदुर्गाको परिचय, आध्यात्मिक महत्त्व र नवदुर्गा पूजाको बारेमा चर्चा गरिएको थियो । 

अस्ट्रेलियामा पहिलोपटक आयोजना गरिएको यो कार्यक्रम फरक थियो । नवदुर्गाको स्वरूपमा मञ्चमा प्रस्तुत भएका सहभागीले नवदुर्गाको झलक दिलाएका थिए । नेपाली तथा भारतीय समुदायका महिला नवदुर्गाको रूपमा प्रस्तुत भएका थिए ।

Navadurga Tableau in Adelaide [Photos]

उनीहरूको प्रस्तुति र झलकले दसैंमा पूजाआराधना गरिने नवदुर्गा र उनीहरूको स्वरूपलाई साक्षात् महसुस गराएको थियो । हरेक दुर्गाको बारेमा सहभागीलाई परिचय दिलाउनुका साथै उनीहरूको इतिहास र आराधना गरिने कारणलाई सर्वसाधारणलाई जानकारी दिलाइएको थियो । 

Navadurga Tableau in Adelaide [Photos]

अस्ट्रेलियास्थित ब्रम्हाकुमारीज एडिलेडले दसैंको अवसरमा आयोजना गरेको दसैंंतिहार महोत्सवका अवसरमा देखाइएको झाँकीले नेपालीका साथै अन्य स्थानीय सहभागीलाईसमेत मन्त्रमुग्ध बनाएको थियो ।

Navadurga Tableau in Adelaide [Photos]

महोत्सवमा सहभागी दक्षिण अस्ट्रेलिया विपक्षी दलका सहनेता जोस टिग र सांसद जिङ्ग लीले नेपाल संस्कृतिमा धनीमात्र नभई अस्ट्रेलियालाई नै बहुसांस्कृतिक देशका रूपमा चिनाउन भूमिका खेलेको बताएका थिए ।

Navadurga Tableau in Adelaide [Photos]

आयोजक संस्थाका विकास शर्मा पोखरेलले पहिलो पटक आयोजित कार्यक्रम अपेक्षा गरेभन्दा राम्रो भएको र सहभागीलाई आध्यात्मिक तथा सांस्कृतिक सन्देश प्रवाह गरेको बताए । 

Navadurga Tableau in Adelaide [Photos]

कार्यक्रममा नवदुर्गा झाँकी, नवदुर्गा आरतीका साथै दसैंतिहारको कलासंस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । यसैगरी भूपाली ब्यान्डले लाइभ संगीत प्रस्तुत गरेको थियो । 

Navadurga Tableau in Adelaide [Photos]

Navadurga Tableau in Adelaide [Photos]

Navadurga Tableau in Adelaide [Photos]

Navadurga Tableau in Adelaide [Photos]

Navadurga Tableau in Adelaide [Photos]

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully