२१औं संस्करणका रुपमा आयोजना गरिएको यस प्रतियोगिताको उपाधि फारवेस्ट हन्टर्सले जितेसँगै ५ हजार ५०० डलर नगद समेत प्राप्त गरेको छ ।
अस्ट्रेलिया — डिफेण्डिङ च्याम्पियन फारवेस्ट हन्टर्स क्रिकेट क्लबले अस्ट्रेलियाको भिक्टोरियामा सञ्चालित न्याभ कप क्रिकेट प्रतियोगिता जितेको छ । २१औं संस्करणका रुपमा आयोजना गरिएको यस प्रतियोगिताको उपाधि फारवेस्ट हन्टर्सले जितेसँगै ५ हजार ५०० डलर नगद समेत प्राप्त गरेको छ ।
फारवेस्ट हर्न्टसले फाइनलमा गत वर्षकै उपविजेता एक्सपर्ट सगरमाथा ब्लुजलाई २८ रनले पराजित गर्यो । फारवेस्ट हर्न्टसले निर्धारित २० ओभर खेली १ सय ८१ रनको लक्ष्य दिएको थियो । जबाफमा आएको सगरमाथा ब्लुज जम्मा १ सय ५४ रनमा समेटिएको थियो । सगरमाथा ब्लुजले २ हजार १ सय नगद हात पार्यो ।
ब्यक्तिगत बिधातर्फ टिडब्लुजीजी क्रिकेट क्लबका सुनिल भाटले उत्कृष्ट ब्याटर र उज्जवल थापा उत्कृष्ट बलर बने । फारवेस्ट हन्टर्सका दीपेश विष्ट प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा बालबालिकालाई समेत सहभागि गराउने उद्देश्यका साथ आयोजना गरिएको स्पोर्टस चौतारी किड्स प्रतियोगितामा ३५ बालबालिकाले सहभागिता जनाएका थिए ।
यसैगरि ८ औं च्यारिटी कप अन्तगरत खेलाइएको प्रतियोतिामा फारवेस्ट कम्युनिटी क्लबले एनएनसिआई कम्युनिटी क्लबलाई पराजित गर्दै च्यारिटी कप जितेको थियो । आयोजक संस्था नेप्लिज एसोसिएस अफ भिक्टोरिया (न्याभ) चौतारीका अध्यक्ष सुनिल खड्काले खेलको माध्यमबाट समुदायमा भाइचारा कायम गर्ने र सहकार्यको सन्देश दिने रहेको बताए ।
भिक्टोरियामा ग्रेस कप आयोजना हुँदै
अस्ट्रेलियाको भिक्टोरियामा भिक्टोरियन नेपाली लिग ग्रेस कप २०२६ आयोजना हुने भएको छ । अप्रिलको १२ देखि जुन २१ तारिखसम्म आयोजना हुने क्रिकेट प्रतियोगितामा राज्यका ९ क्रिकेट टीमले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।
यहाँस्थित प्रेष्टमा रहेको टिडब्लु ब्लेक पार्कमा आयोजना हुने प्रतियोगितामा टिडब्लुजीजी राइजिङ सन, चितवन, फारवेस्ट हन्टर्स, ब्राइटन भिक्टोरिया, ट्राइकन, काठमाण्डु क्यापिटल, रोयल राईनो, द हिमालयन र ग्रेस गोर्खाली क्रिकेट क्लबको सहभागिता रहने आयोजक संस्था नेपाली क्रिकेट एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष विकास सापकोटाले जानकारी दिए । तेस्रो संस्करणको रुपमा आयोजना हुन लागेको यस प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीको पहिचान र उनीहरुलाई खेलप्रति प्रोत्साहन गर्ने आयोजकको भनाइ छ ।
