अस्ट्रेलियामा मनाइयो दसैं

अस्ट्रेलियाका सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबनलगायतका सहरमा मात्र नभएर अन्य क्षेत्रमा रहेका नेपालीले समेत अभिभावक तथा आफूभन्दा मान्यवरसँग टीकाजमरा लगाएर दसैं मनाएका छन् ।

आश्विन १६, २०८२

नारायण खड्का

Dussein celebrated in Australia

अस्ट्रेलिया — अस्ट्रेलियामा समेत धूमधामका साथ दसैं मनाइएको छ । अस्ट्रेलियाका सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबनलगायतका सहरमा मात्र नभएर अन्य क्षेत्रमा रहेका नेपालीले समेत अभिभावक तथा आफूभन्दा मान्यवरसँग टीकाजमरा लगाएर दसैं मनाएका छन् ।

दसैं मनाउनका लागि यस वर्ष पनि सयौंको संख्यामा नेपाली अभिभावक नेपालबाट अस्ट्रेलिया आएका छन् ।

Dussein celebrated in Australiaटीकाको दिन बिहानैदेखि परम्परागत पोसाकमा सजिएका अभिभावक र बालबालिकाले अस्ट्रेलियालाई दसैंमय बनाएका थिए । 

Dussein celebrated in Australia

नारायण खड्का खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully