कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमा तालिबानले घोषणा गर्‍यो अन्तरिम सरकार 

मुल्लाह मोहम्मद हसन अखुन्द बने अन्तरिम सरकारका प्रधानमन्त्री

काठमाडौँ — अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेको छ । मुल्लाह मोहम्मद हसन अखुन्दलाई तालिबानले प्रधानमन्त्री बनाएको छ । 

अफगानिस्तानमा तालिबानले घोषणा गर्‍यो अन्तरिम सरकार 

सन् १९९०को दशकमा तालिबानको शासनकालमा उनी कन्दाहार राज्यको गभर्नर थिए । एफपी समाचार एजेन्सीका अनुसार उनी तालिबानका सह-संस्थापक मुल्लाह ओमर निकटका मानिन्छन् । ओमरलाई संयुक्त राष्ट्रसं‌घले कालोसूचीमा राखेको छ ।

अखुन्दको उमेर ६० आसपास रहेको बताइएको छ । रोयटर्सले तालिबानी स्रोतको उल्लेख गर्दै अखुन्द तालिबान समूहभित्र सबैले मान्ने नेतामा रुपमा चिनिन्छन् । उनी यसअघि त्यहाँको उप-विदेशमन्त्री समेत रहिसकेका छन् ।

तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहदितले मंगलबार पत्रकार सम्मेलन मार्फत अन्तरिम सरकारको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा कुनै पनि महिलाको उपस्थिती नरहेको अलजजिराले जनाएको छ ।

तालिबानको राजनीतिक कार्यालय प्रमुख मुल्लाह अब्दुल घानी बरादार उप-नेता(उपप्रधानमन्त्री)को रुपमा रहनेछन् भने सिरजुद्दिन हक्कानीलाई अन्तरिम मामिलामन्त्री बनाइएको छ । उनी हक्कानी नेटवर्कका संस्थापकका छोरा हुन् ।

तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ । यस्तै, हेदुतल्लाह बाद्री अर्थमन्त्री भएका छन् ।

तालिबान समूहका वार्ता दलका सदस्य अमिर खान मुताक्कीलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ । ३३ सदस्यीय हुने मन्त्रिपरिषद्का अन्य सदस्यहरुको नाम विस्तारै घोषणा गरिने तालिबानका प्रवक्‍ता मुजाहिदले पत्रकार सम्मेलनमा बताएको छन् ।

पत्रकार सम्मेलनमा तालिबानले हालका प्रमुख हेईबुतल्लाह अखुन्जादाको अबको भूमिका के हुनेबारे उल्लेख नगरेको अलजजिराले जनाएको छ । तालिबान समूहले अफगानिस्तान कब्जा गरेको महिनादिन बित्‍न लाग्दा पनि उनी सार्वजनिक रुपमा देखा परेका छैनन् ।

प्रकाशित : भाद्र २२, २०७८ २३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?