कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

काठमाडौँ — बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । बिग बोस-१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । 

बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातबाट निधन

अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औषधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ । शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए ।

उनले टेलिशृंखला 'बबुलका आगन छुटे ना', 'जाने पेहेचाने से ये अजनवी', 'लभ यु जिन्दगी'मा अभिनय गरेका थिए । तर 'बालिका बधु'बाट भने उनले चर्चा कमाएका थिए । रियालिटी सो बिग बोस-१३ बाहेक उनी 'झलक दिखलाजा-६', 'फियर फ्याक्टर : 'खत्रोंका खिलाडी ७'मा पनि सहभागी भएका थिए ।

उनले सन् २०१४ मा 'हम्टी शर्माकी दुल्हनियाँ'मा साहयक अभिनेताको भूमिका गरेका थिए ।

प्रकाशित : भाद्र १७, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?