कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

काबुलस्थित अमेरिकी दूतावास बन्द

एजेन्सी

वासिङ्टन — अमेरिकाले अफगानिस्तान हेर्ने गरी कतारबाट दूतावास सञ्चालन गर्ने भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अफगानिस्तानमा नयाँ ढंगले कूटनीतिक मिसन सुरु गरिएको बताएका छन् ।

काबुलस्थित अमेरिकी दूतावास बन्द

उनले काबुलस्थित अमेरिकी दूतावास बन्द गरिएको बताए । उनले अफगानिस्तान हेर्ने गरी काबुलको दूतावास कतारको दोहामा स्थानान्तरण गरिएको जानकारी दिए ।

अमेरिकी नागरिकलाई सम्बोधन गर्दै विदेशमन्त्री ब्लिंकेनले भने, ‘अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम उडान सम्पन्न भएको छ । हाम्रा सबै सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अब अफगानिस्तानँग अमेरिकी कूटनीतिक सम्बन्धले नयाँ अध्याय सुरु भएको छ । सैनिक अभियान पूरा भएको छ । अब एक नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’

उनले अफगानिस्तानबाट करिब १ लाख २३ हजार मानिसलाई सुरक्षित रुपमा उद्धार गरिएको पनि जानकारी दिए । त्यसमा करिब ६ हजार अमेरिकी सैनिक रहेको पनि उनले बताए । उनले काबुलबाट अमेरिकी दूतावास कतारको दोहामा सारिएको र छिट्टै नै त्यसको जानकारी कंग्रेसलाई दिइने पनि बताए ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र १५, २०७८ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?