कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन

नारायण खड्का

अस्ट्रेलिया — कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको विरोध गर्दै अस्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शन गरिएको छ । सिड्नी, मेलबर्न लगायतका सहरमा सरकारद्वारा घोषणा गरिएको लकडाउनको उल्लंघन शनिबार गर्दै प्रदर्शन गरिएको हो ।

अस्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन

प्रदर्शनका क्रममा केही स्थानमा झडपसमेत भएको स्थानीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । सुरक्षा अधिकारीले लकडाउनलाई रोक्नका लागि सयौं सुरक्षाकर्मी परिचालन गरेका थिए । समाचारमाध्यमहरुका अनुसार अस्ट्रेलियाको करिब आधा जनसंख्या अहिले लकडाउनमा रहेका छन् ।

लकडाउनका विरुद्धमा शनिबार आयोजित प्रदर्शन असफल बनाउनका लागि न्युसाउथ वेल्समा करिब १५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सार्वजनिक सवारीका साधन ट्याक्सी, राईड्स सेयरलाई शनिबार बिहान ९ बजेदेखि ३ बजेसम्म सिड्नीमा यात्रु ओसार्न प्रतिबन्ध लगाइएको समाचारमा बताइएको छ । प्रहरीले प्रदर्शनमा सहभागी हुनेलाई लगाउने जनाएको छ ।

भाइरस संक्रमण बढेपछि न्युसाउथ वेल्स राज्यमा विगत केही सातादेखि लगाइएको लकडाउनलाई निरन्तरता दिइएको छ भने भिक्टोरियामा लगाइएको लकडाउनलाई बढाइएको छ । न्युसाउथ वेल्सले बढिरहेको संक्रमण रोक्नका लागि यही सोमबारदेखि पश्चिम सिड्नीका केही क्षेत्रमा रातको समयमा कर्फ्यु लगाउने निर्णय गरेको छ । वेल्समा डेल्टा भेरियन्टको फैलावाट चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा वेल्समा ८ सय २५ जनामा नयाँ संक्रमण देखिएको छ भने ३ जनाले ज्यान गुमाएका छन् ।

केही साताअघिसम्म अत्यन्तै न्यून संख्यामा रहेको अस्ट्रेलियाको कोरोना भाइरस संक्रमण पछिल्लो समयमा दैनिक बढिरहेको छ । अहिले सिड्नी, मेलबर्न र राजधानी क्यानबेरामा लकडाउन लगाइएको छ भने अन्तरराज्य सिमानासमेत बन्द गरिएको छ ।

प्रकाशित : भाद्र ५, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?