कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

अमेरिकी अधिकारीले काबुल छाडे, चिनियाँ र रुसी रहने

कान्तिपुर संवाददाता

काठमाडौँ — तालिवान समूहले काबुल कब्जा गरेपछि अमेरिका र उसका सहयोगी मुलुकका दूतावासहरु बन्द भएका छन् । अमेरिकी दूतावासमा कार्यरत सबै कर्मचारीहरुलाई उद्धार अमेरिकाले गरेर अन्यत्र लगेको छ । अमेरिकी आधिकारीहरुलाई काबुलबाट सुरक्षित स्थानमा लगिएको छ ।

अमेरिकी अधिकारीले काबुल छाडे, चिनियाँ र रुसी रहने

आफ्ना नागरिक तथा कर्मचारीहरुको उद्धारका लागि भनेर अमेरिकी सेनाले काबुल विमानस्थल पूर्णरुपमा नियन्त्रणमा लिएको छ ।

काबुलमा रहेका अमेरिकी र उसका सहयोगी मुलुकका दूतावासहरु बन्द गरिएपनि चीन र रुसले भने खुला गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीन र रुसको दूतावास बन्द गर्ने कुनै योजना नरहेको बताएका छन् ।

चीनले आफ्ना नागरिक तथा दूतावासका अधिकारीहरुलाई 'भित्रै बस्‍न' र अलर्टमा रहन भनेको बीबीसीले जनाएको छ । रुसी विदेश मन्त्रालयले पनि दूतावास खाली गराउने सम्बन्धमा कुनै योजना नरहेको आइतबार बताएको थियो ।

गत जुलाईमा तालिवान समूहका प्रतिनिधि चीन भ्रमणमा गएका थिए । चीन भ्रमणका क्रममा तालिवानका नेता अब्दुल घानी बारदारले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका थिए । उक्त भेटमा चीनले अफगानिस्तानको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रकाशित : श्रावण ३२, २०७८ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?