कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालिबानले अफगानिस्तानका ५ वटा प्रान्तीय राजधानी कब्जा गर्‍यो

पछिल्लो पटक तखरको प्रान्तीय राजधानी तालोकान कब्जा
इकान्तिपुर डेस्क

काठमाडौँ — तालिबानले उत्तरपूर्वी अफगानिस्तानको तखर प्रान्तको राजधानी तालोकानमाथि कब्जा गरेको छ । 

तालिबानले अफगानिस्तानका ५ वटा प्रान्तीय राजधानी कब्जा गर्‍यो

तालिबानले केही दिनमा पाँचौँ प्रान्तीय राजधानी कब्जा गरेको हो । अमेरिकी सञ्चारमाध्यम सीएनएनले स्थानीय पत्रकारलाई उद्धृत गर्दै तालिबानले तालोकानमा कब्जा गरेको उल्लेख गरेको छ । अफगानिस्तानमा अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता भएपछि तालिबानले लगातार आक्रमण गरिरहेको छ । शुक्रबार इरानी सीमानजिकै रहेको निमरुज प्रान्तको राजधानी जरान्ज कब्जा गरेको थियो ।

त्यसपछि शनिबार तुर्कमेनिस्तानको सीमानजिकै रहेको जौजान प्रान्तको राजधानी शेरबेर्घानमा तालिबानले कब्जा गरेको थियो । तालिबानले आइतबार मुलुकको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई नियन्त्रणमा लिएको थियो । कुन्दुजमाथिको आक्रमण तालिबानका लागि महत्त्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । कुन्दुज सहर राजधानी काबुल र अन्य महत्त्वपूर्ण भेगसँग जोडिएको छ ।

आइतबार मात्रै तालिबानले सार-ए-पलको राजधानी कब्जा गरेको थियो । यसैबीच तालिबानको राजनीतिक ब्युरोका प्रवक्ता मोहम्मद नइम वार्दाकले अफगानिस्तानमा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ । उनले पछिल्लो समय द्वन्द्व बढ्नुमा अफगान सरकार जिम्मेवार रहेको पनि आरोप लगाएका छन् ।

काबुलस्थित अमेरिकी दूतावासले भने तालिबानका हिंसात्मक गतिविधिहरूको निन्दा गरेको छ । तालिबानका पछिल्ला गतिविधिले दोहा शान्ति प्रक्रिया टुंगोमा पुग्न नसक्ने अमेरिकी दूतावासको भनाइ ५ ।

प्रकाशित : श्रावण २५, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?