कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फाइजर र एस्ट्राजेनेकाको दुवै डोज डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी

काठमाडौँ — फाइजर र एस्ट्राजेनेकाको दुवै डोज लगाउँदा डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी हुने पाइएको छ ।

फाइजर र एस्ट्राजेनेकाको दुवै डोज डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी

बुधबार प्रकाशित भएको ‘न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’ को एक अध्ययनले फाइजरको पहिलो डोज ३६ प्रतिशतसम्म प्रभावकारी रहेको र एस्ट्राजेनिकाको ३० प्रतिशत प्रभावकारी देखिएको सार्वजनिक गरेको हो ।

साथै फाइजरको दुवै डोजको खोपले लक्षणसहितको डेल्टा भेरियन्टबाट ८८ प्रतिशत र अल्फा भेरियन्टविरुद्ध ९३.७ प्रतिशत प्रभावकारी देखिएको छ ।

त्यसैगरी एस्ट्राजेनिकाको दुवै डोजको खोप डेल्टा भेरियन्टविरुद्ध ६७ प्रतिशत तथा अल्फा भेरियन्टविरुद्ध ७४.५ प्रतिशत प्रभावकारी पाइएको छ ।

प्रकाशित : श्रावण ७, २०७८ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?