कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहेनन् बलिउडका दिग्गज अभिनेता दिलीप कुमार

काठमाडौँ — बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित हिन्दुजा अस्पताललाई उद्धृत गर्दै बीबीसी हिन्दीले दिलीप कुमारको निधन भएको पुष्टि गरेको छ । 

रहेनन् बलिउडका दिग्गज अभिनेता दिलीप कुमार

बीबीसी हिन्दीका अनुसार बुधबार बिहान साढे ७ बजे उनको निधन भएको हो । दिलीप कुमारको आधिकारिक टिवट्र ह्यान्डलबाट पनि उनको निधन भएको जानकारी दिइएको छ । कुमारका पारिवारिक मित्र फैसल फारुकीका तर्फबाट उक्त जानकारी दिइएको हो ।

दिलीप कुमारको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्दै सांस्कृतिक क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि दिलीप कुमारलाई जुन ६ मा अस्पताल भर्ना गरिएको थियो ।

‘ट्रेजेडी किंग’ मा रुपमा परिचित दिलीप कुमारले ‘मुगले आजम’, ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’, ‘गंगा-जमुना’, ‘सौदागर’ जस्ता हिट चलचित्रमा अभिनय गरेका छन् । उनी सन् १९९८ मा पछिल्लो पटक ‘किला’ चलचित्रमा देखिएका थिए ।

उनलाई सन् १९९१ मा भारत सरकारले पद्मभूषण र सन् २०१६ भारतको दोस्रो ठूलो नागरिक सम्मान पद्मविभूषणबाट सम्मानित गरिएको थियो । त्यस्तै उनले सन् १९९५ मा दादा साहब फाल्के पुरस्कार प्राप्त गरेका थिए । सन् १९९७ मा उनलाई पाकिस्तान सरकारले सबैभन्दा ठूलो नागरिक सम्मान ‘निशान ए इम्तियाज’ बाट सम्मानित गरेको थियो । यो सम्मान स्वीकार गर्नका लागि उनले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग अनुमति लिएका थिए ।

प्रकाशित : असार २३, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?