२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

दिलिप कुमार पुन: अस्पताल भर्ना

काठमाडौँ — चर्चित बलिउड अभिनेता दिलिप कुमार एकै महिनामा दोस्रोपटक अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार उनलाई मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको हो । गत जुन ६ मा अस्पताल भर्ना भएका उनी केही हप्ताअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

दिलिप कुमार पुन: अस्पताल भर्ना

'श्वासप्रश्वासमा समस्या देखिएपछि उनी फेरि अस्पताल भर्ना भएका हुन् । उनको उमेर र हालैको स्वास्थ्य अवस्थालाई हेरेर उनको परिवारले उपचारका लागि अस्पताल भर्ना गरेको हो । उनको स्वास्थ्य अवस्था ठिकै छ । उनी डाक्टरको सल्लाहमा अहिले आइसीयुमा छन्,' अस्पतालले भारतीय मिडियालाई भनेका छन् ।

दिलिप कुमारले फिल्म क्षेत्रमा पाँच दशक बिताएका छन् । मुगल ए आजम, देवदास, राम और श्यामलगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । सन् १९९८ को 'किला' उनको अन्तिम फिल्म हो ।

प्रकाशित : असार १६, २०७८ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?