कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

चट्याङ लागेर भारतको असममा १८ वटा जंगली हात्ती मरे

काठमाडौँ — भारतको उत्तरपूर्वी राज्य असममा चट्याङ लागेर १८ वटा जंगली हात्ती मरेका छन् । असमको नगाउँमा चट्याङ लागेर मरेका १८ हात्ती एकै ठाउँमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

चट्याङ लागेर भारतको असममा १८ वटा जंगली हात्ती मरे

भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार बुधबार कुन्डोली प्रस्तावित आरक्षित वनको कठियाटोलीमा चट्याङ लागेर हात्ती मरेका हुन् । ‘स्थानीय अधिकारीका अनुसार १८ वटा हात्ती मरेका छन् । प्रारम्भिक जानकारीअनुसार चट्याङ लागेर हात्ती मरेका हुन्,’ असमा वरिष्ठ वन अधिकारी एम के यादवले हिन्दुसँगको कुराकानीमा भनेका छन् । उनले मृत्युको अन्य कारण भए पोस्टमार्टमपछि मात्रै थाहा हुने बताए ।

असमका मुख्यमन्त्री हिमन्त विस्वाले ठूलो संख्यामा हात्ती मरेको खबरले आफू चिन्तित भएको भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै राज्यका वनमन्त्री परिमल शुक्लावैद्यले चट्याङ लागेर १८ वटा जंगली हात्ती मरेकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीको निर्देशनअनुसार घटनाको अनुसन्धान हुने बताएका छन् ।

भारतमा २७ हजारभन्दा बढी एसियाली हात्ती रहेका छन् जसको २१ प्रतिशत हिस्सा असममा मात्रै छ । २० वर्षमा पहिलो पटक असममा एकैपटक यति धेरै संख्यामा हात्ती मरेका हुन् ।

प्रकाशित : वैशाख ३१, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?