कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

भारतमा कोरोनाबाट एकैदिन ४२०५ को मृत्यु, मृतकको संख्या २ लाख ५० हजार नाघ्यो

काठमाडौँ — भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार २ सय ५ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाबाट एकैदिन ४२०५ को मृत्यु, मृतकको संख्या २ लाख ५० हजार नाघ्यो

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा मे ७ मा कोरोनाले ४ हजार १ सय ८७ को मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४८ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । केही दिनयता भारतमा संक्रमण भने घट्दै गएको छ । त्यस्तै पछिल्ला दिनमा दैनिक संक्रमणमुक्त हुनेको संख्या पनि सरदर ३ लाख ५० हजार रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म २ करोड ३३ लाख ४० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ९३ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५४ हजार १ सय ९७ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख भन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ८ ३हजार ८ सय ४ नमुना परीक्षण भएको थियो । भारतमा मंगलबारसम्ममा करिब १७ करोड ५२ लाख डोज खोप लगाइएको छ ।

भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

प्रकाशित : वैशाख २९, २०७८ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?