कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीलंकामा विमानमा ७५ यात्रु मात्र उड्न पाउने

एजेन्सी

कोलम्बो — कोरोना भाइरसको महामारी बढेसँगै श्रीलंकाले सोमबारदेखि दुई साताका लागि हवाई यात्रामा थप कडाइ गरेको छ ।

श्रीलंकामा विमानमा ७५ यात्रु मात्र उड्न पाउने

श्रीलंकाली हवाई उड्डयन प्राधिकरणले नयाँ नियमअनुसार हवाई यात्रा गर्दा विमानले एक पटकमा ७५ जनाभन्दा बढी यात्रु बोक्न नपाइने जनाएको छ । प्राधिकरणले सबै विमान कम्पनीलाई सरकारको निर्णयबारे जानकारी गराइसकेको छ ।

दुई सातापछि मुलुकभित्र कोरोना संक्रमणको अवस्थाबारे मूल्यांकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ । श्रीलंकामा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतबार हालसम्मकै बढी संक्रमित भेटिएका थिए । श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

योसहित श्रीलंकामा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ११ हजार ७ सय ५३ पुगेको छ । भाइरसका कारण सोमबार साँझसम्म ६ सय ९६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : वैशाख २१, २०७८ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?