कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुसी खोप चीनमा उत्पादन गरिने

‘स्पुतनिक–भी’ खोप हालसम्म ६३ करोड माग भए पनि २ करोड ७० लाख मात्रा मात्र उत्पादन भएको छ 
एपी

ताइपेई — रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक–भी’ को माग अत्यधिक बढेपछि चीनमा उत्पादन गरिने भएको छ । 

रुसी खोप चीनमा उत्पादन गरिने

केही दिनअघि चिनियाँ खोप उत्पादक कम्पनीहरूसँग २ करोड ६० लाख डोज खोप उत्पादन गर्नेबारे ३ वटा वटा सम्झौता भइसकेको पनि रुसले जनाएको छ । चीनबाट उत्पादित खोप खासगरी दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा आपूर्ति गरिने जनाइएको छ । यी क्षेत्रका अधिकांश मुलुकले रुसी खोपको माग गरेका छन् ।

अमेरिकी र युरोपेली संघले भने खोप अभियानमा आफ्नै मुलुकमा उत्पादित खोपलाई प्राथमिकता दिएका छन् । जसका कारण रुसले अन्य मुलुकमा खोप आपूर्तिलाई तीव्रता दिएको छ । निर्माणलगत्तै ‘स्पुतनिक–भी’ को प्रभावकारिताबारे विभिन्न आशंकाहरू गरिएको थियो । विश्व स्वास्थ्य संगठनले पनि रुसी खोप निर्माणका क्रमम केही प्रक्रिया पूरा नगरिएको दाबी गरेका थियो । तर सुप्रसिद्ध बेलायती मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित विवरणले उक्त खोप सुरक्षित रहेको र यसको प्रभावकारिता ९१ प्रतिशतको हाराहारीमा देखिएको पुष्टि गरिसकेको छ । जसका कारण यसको माग पछिल्लो समय निकै बढेको हो ।

विश्वका विभिन्न मुलुकको माग धान्न रुसलाई गाह्रो पर्ने विज्ञहरूको आशंकाबीच खोप चीनमा उत्पादन गर्न थालिएको हो । यसअघि रुसले दसौं लाख डोज खोप आपूर्ति गर्ने घोषणा र प्रतिबद्धता जनाए पनि केही अंश मात्र आपूर्ति गरिरहेको छ ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ‘स्पुतनिक–भी’ को माग पूरा गर्न आफ्नो देशमा रहेका प्लान्टका उत्पादनबाट सम्भव नहुने स्वीकार गरेका छन् । उत्पादन वृद्धि गर्न रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (डीईफ) ले भारत, दक्षिण कोरिया, ब्राजिल, सर्बिया, टर्की, इटालीलगायत मुलुकका औषधि उत्पादक कम्पनीसग सम्झौता गरिसकेको छ । तर बेलारुस र कजाखस्तानबाहेक अन्य प्लान्टबाट पर्याप्त खोप उत्पादन हुन सकेको छैन ।

लन्डनस्थित अनुसन्धान संस्था एयरफिनिटीको अनुमानमा रुसले सयभन्दा बढी मुलुकलाई ६३ करोड डोज ‘स्पुतनिक–भी’ खोप उपलब्ध गराउन सम्झौता गरिसकेको छ । तर हालसम्म करिब १ करोड १५ लाख डोज मात्र निर्यात भएको छ । डीईफले अन्य मुलुकमा कति डोज खोप निर्यात भइसक्यो भन्ने खुलाएको छैन । अप्रिल २७ सम्ममा ‘स्पुतनिक–भी’ खोप करिब २ करोड ७० लाख डोज मात्र उत्पादन भएको अनुमान गरिएको छ ।

यसैबीच, डीईफले हुआलान बायोलोजिकल ब्याक्टेरिनसगको साझेदारीमा १० करोड डोज तथा सेनझेन युआक्सिन जिन टेकबाट ६ करोड डोज उत्पादन गर्ने सम्झौता गरिसकेको जनाएको छ । टिबेट रोडिओला फर्मास्युटिकल्सले ‘स्पुतनिक–भी’ खोप उत्पादन र बिक्री गर्नेगरी रुससँग ९० लाख अमेरिकी डलरको सम्झौता गरेको गत नोभेम्बरमै घोषणा गरिएको थियो ।

प्रकाशित : वैशाख २१, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?