कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलवायु संकटविरुद्ध लड्न चीन र अमेरिका सहमत

एजेन्सी

बेइजिङ/वासिङ्टन — चीन र अमेरिका जलवायु परिवर्तनका असरहरूविरुद्ध लड्न अन्य देशहरूसँग सहकार्यका लागि सहमत भएका छन् ।

जलवायु संकटविरुद्ध लड्न चीन र अमेरिका सहमत

जलवायुसम्बन्धी चिनियाँ दूत सीअ चेनहुवा र उनका अमेरिकी समकक्षी जोन केरीबीच केरीबीच चीनको सांघाईमा गत साता भएका बैठकपछि उक्त सहमति जुटेको हो । आइतबार जारी संयुक्त वक्तव्यमा दुई देशहरू उत्सर्जन घटाउनका लागि ठोस कदम चाल्न सहमत भएका जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता जलवायु परिवर्तनसम्बनधी भर्चुअल बैठक गर्दै छन् । यद्यपि, उक्त बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी हुने/नहुनेबारे भने केही उल्लेख गरिएको छैन् । विश्वका अधिकांश नेताहरूको उपस्थिति रहने बैठकमा सीलाई उपस्थित हुन आग्रह गरिएको जनाइएको छ ।

‘जलवायु परिवर्तनका कारण उत्पन्न संकटसँग जुध्न अमेरिका र चीनले एक अर्काका साथै अन्य देशसँग समन्वय गर्न सहमत भएका छन्,’ दुई देशद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । त्यसका साथै विकासोन्मुख देशलाई कम कार्बन उत्सर्जनका लागि दुवै देशले आर्थिक सहयोगसमेत गर्न समहत भएका बीबीसीले उल्लेख गरेको छ ।

वातावरणसम्बन्धी समूह ग्रिनपिसका वरिष्ठ सल्लाहकार ली सुवोले ‘दुई देशबीचको सहमति सकारात्मक भएको’ जनाएका छन् । ‘यसले कतिपय मुद्दामा चीन र अमेरिकासँगै उभिने देखिएको छ,’ उनले भने । उनले सांघाई बैठकअघिसम्म दुई देशबीच यस्तो सहमति हुने अनुमान नगरिएको उनको भनाइ छ ।

अमेरिकामा जो बाइडेन राष्ट्रपति भएपछि चीन पुग्ने केरी अमेरिकी प्रशासनका पहिलो वरिष्ठ सदस्य हुन् । दुई देशबीच यसअघि गतमहिना अमेरिकाको अलास्कामा बैठक भएको थियो । चीन प्रस्थान गर्नुअघि केरीले सीएनएनसँग कुरा गर्दै जलवायु संकटविरुद्ध लड्न चिनियाँ समन्वय कडा आलोचनायोग्य भएको बताएका थिए । ‘हो, केही मुद्दामा हाम्रो चीनसँग गम्भीर असहमति छ । तर जलवायु मुद्दा प्रमुख देखिएको छ,’ उनले भनेका थिए ।

प्रकाशित : वैशाख ५, २०७८ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?