कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायती राजकुमार फिलिपको अन्त्येष्टि

लन्डन — बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको शनिबार अन्त्येष्टि गरिएको छ । स्वर्गीय राजकुमार फिलिपको महारानीप्रतिको ‘अविचलित बफादारी, राष्ट्रप्रतिको सेवा र साहस’ झल्कने गरी एक समारोहबीच अन्त्येष्टि गरिएको हो ।

बेलायती राजकुमार फिलिपको अन्त्येष्टि

लन्डन नजिकै विन्डसर क्यासलमा आयोजित विशेष अन्त्येष्टि समारोहमा स्वर्गीय फिलिपको ब्रिटिस नौसेना तथा समुद्रप्रति उनको प्रेम झल्काइएको थियो । तर, राजकुमार फिलिपको इच्छाअनुसार अन्त्येष्टि समारोहमा धर्मगुरुले प्रार्थना गरेनन् ।

कोरोन भारइससम्बन्धी ब्रिटिस सरकारले लागू गरेको नियमअनुसार डुक अफ एडिनबरा फिलिपको अन्तिम संस्कारमा शाही 
परिवार सदस्य तथा नातेदार गरी ३० जना मात्र सहभागी भएका थिए । राजकुमार फिलिपको अप्रिल ९ मा ९९ वर्षको उमेरमा निधन भएको थियो । फिलिपको जन्म सन् १९२१ जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो । उनी ग्रिसका राजकुमार एन्ड्र्यु र बाटेनवर्गकी राजकुमारी एलिसका एकमात्र छोरा थिए ।

फिलिपको शव राखिएको बाकसलाई ड्युक आफैंले डिजाइन गरेको ल्यान्ड रोभरमा राखेर नजिकैको सेन्ट जर्जेज च्यापलसम्म 
लगिएको थियो । उक्त गिर्जाघरमा फिलिपको शवलाई समाधिस्थ गरिएको हो । अन्त्येष्टि संस्कारमा सशस्त्र फौजका ७ सय ३० भन्दा बढी सदस्य सहभागी थिए । स्वर्गीय फिलिपप्रति श्रद्धाञ्जली अर्पण गर्न स्थानीय समयअनुसार दिउँसो ३ बजे एक मिनेट मौनधारण पनि गरिएको थियो ।

बेलायतकी महारानीसँग ७ दशकभन्दा लामो वैवाहिक जीवन सँगै बिताएका फिलिप र महारानीले विश्वका सयौं राजकीय भ्रमण गरेका थिए । सन् १९५२ देखि अवकाश नलिँदासम्म झन्डै २२ हजार त्यस्ता कार्यक्रममा सहभागी भएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, फिलिपमा युवाहरूको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा विशेष रुचि थियो । फिलिपलाई प्रतिबद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिन्थ्यो ।

प्रकाशित : वैशाख ४, २०७८ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?